रक्सीसँगै युवतीको पनि होम डेलिभरी : पैसा देउ, जे गर जहाँ लैजाउ

नेपालसंग सीमा जोडिएको भारतीय क्षेत्रमा रक्सीसँगै युवतीको पनि होम डेलिभरी हुने गरेको खुलासा भएको छ । रेडलाइट क्षेत्रमा प्रहरीको लगातार छापा मारेपछि शरीरका व्यवसायीले यो नयाँ तरिका अपनाएका छन् ।

 

 

 

भर्खरै प्रहरीको दुई ठूला कारबाहीपछि यसको तार मुम्बई र कोलकातामा जोडिएको प्रष्ट भएको छ । प्रहरीले हालै मुम्बईबाट एक महिलालाई पनि पक्राउ गरेको थियो । अर्को, एक सिलगढीकी महिलाले पूर्णियामा आठ जना केटीहरूको फोजलाई सारेकी छन् ।

दुई दिनअघि पूर्णिया सहरको रामबाग इलाकामा एउटा घरबाट आठ युवती फेला परेका थिए । उनीहरूसँगै प्रहरीले रामबागबाट एक युवालाई पनि पक्राउ गरेको छ ।

युवासंगको सोधपुछमा आफूले बाहिरबाट युवती ल्याउने काम गर्ने गरेको बताए । उनी सिलगढीकी एक महिलाका लागि काम गर्छन्। यसका लागि उनले पारिश्रमिक पाउँछन् । पैसाको लोभमा उनले यो काम गरेका हुन् । यहाँको काम अर्को व्यक्तिले सम्हाल्छ। यहाँबाट केटीहरूलाई कहाँ कहाँ पठाइन्छ भन्ने उनलाई थाहा छैन ।