आज (बुधबार) ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । साताको चौँथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बघटेको हो ।

 

 

 

हिजो तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतितोला आज ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज तेजावी सुन पनि घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज हिजो भन्दा १५ रुपैयाँले सस्तो तोलाको १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार १४५ रुपैयाँ रहेको थियो ।