हार्दिक बधाई तथा शुभकामना केपी ओली संग कुमार कट्टेल (जिगृ ब्रो) ले चुनाव लड्ने घोषणा हेर्नुहोस्।

कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट उनले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन साथीहरुसँग छलफल गरेर आधिकारिक घोषणा गर्ने उनले बताए ।

 

 

झापा ५ कै मतदाता समेत रहेका उनले जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने बताए । अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको भन्दै उनले स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना र आफुमा त्यो क्षमता रहेको उनले बताए ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ भने उनका फ्यानहरु पनि उत्तिकै खुशी भएर साथ दिन सुरु गरेका छन् ।

पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको बुधबार राजधानीमा आरम्भ गर्दै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिएको बताएका छन्।