
काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ आज विवाह बन्धनमा बाधिँदै छन् । प्रेमि,,का कञ्चन निरौलासँग आज लगन गाँठो कस्न लागेका हुन् । उनीहरुले सीमित आफन्तलाई मात्र विवाहमा बोलाएका छन् ।
उनीहरुले साेमबार हल्ली मेहेन्दीकाे कार्यक्रम गरेका थिए ।चेम्जोङका प्रेमिका एती एअ रलाइन्समा एअर होस्टेज हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपा धि जितेपछि किरणले टिमकै अगाडि प्रेमिकासँग ‘ईंगेज मेन्ट’ गरेका थिए ।
बुझिएअनुसार विगत डेढ वर्षदेखि किरण र कञ्चन प्रेम मा छन् । यसअघि नेपालले थ्री नेसन्स कप जितेपश्चात किरणले उपाधि उचाल्दा कञ्चन पनि फ्रेममा देखिएकी थिइन् ।
उनीहरूको भिडिओ टिकटकमा आएको थियो । यद्यपि, आधिकारिकरूपमा उनीहरूले आफ्नो प्रेम सम्बन्ध उजागर गरेका थिएनन् ।
यो पनि थप समाचार पढ्नुस-बालेन्द्रको अर्को बोल्ड निर्णय काठमाडौं फनपार्कलाई २४ घण्टे अल्टिमे टम काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न अल्टिमेटम दिएको छ ।महानगरपालि का वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै
आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको महानगरपालिकाले जनाएको छ । फनपार्क ले वर्षमा व्यवासय कर बापत करिब २० हजार रुपैयाँ तिर्नुपर्ने राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए ।
यस्तै, फनपार्कले मनोरञ्जन कर पनि महान नगरलाई नबुझाएको पाइएको छ ।फनपार्कमा दैनिक सयौंको संख्यामा पैसा तिरेर जाने गरेका छन् ।
मनोरञ्जन करमार्फत् महानगरले आगन्तुकले तिरेको पैसामध्ये ५ प्रतिशत लिन्छ । उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने अधिकारीले जानकारी दिए ।
फनपार्कलाई बहाल लगाएको समाज कल्याण परिषद्ले पनि बहाल कल तरिको छैन । महा नगरपालिकालाई फनपार्क र समाज कल्याण परिषद्बीचको बहाल सम्बन्धी को सम्झौता पत्र पनि नदिइएको अधिकारीले जानकारी दिए ।
महानगरले बहाल करमार्फत् वार्षिक १० प्रतिशत लिने गरेको छ । कूल तिरेको बहालमध्ये १० प्रतिशत लिने गरिएको छ ।
काठमाडौं फनपार्क पूर्वश्रमराज्यमन्त्री एवं मेनपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् । उनी नेपाली कांग्रेसका नेता समेत हुन् ।