प्रचण्डले यहाबाट चुनाव लड्ने तयारि गरिरहेका छन् ! हुनेभयो सबैलाई सरप्राइज

चण्डलाई रुकुम वा रोल्पाबाट चुनाव लड्न सुझाव, भन्छन्– चितवन छोड्दिनँ (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

पार्टी नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।

उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् ।

प्रचण्डविरुद्ध मोर्चाबन्दी हुनसक्ने भन्दै पार्टीकै नेताहरुले उनलाई सहज निर्वाचन क्षेत्र रोज्न प्रस्ताव गरेका थिए ।

पूर्वी रुकुम, रोल्पा र रुकुम माओवादीको आधार क्षेत्र मानिँदै आएको छ । रोल्पाबाट वर्षमान पुन र रुकुमबाट जनार्दन शर्मा सांसद छन् ।

पूर्वी रुकुममा माओवादीका स्थापित नेता छैनन् ।

तर, माओवादी प्रभाव भने बलियो रहेको नेताहरू बताउँदै आएका छन् ।