
काठमाडौं । नक्सा पास विपरीतका संरचना हटा,,उने अभियान चलाइरहेको काठमाडौं महानगरले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।
त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ।
यो पनि,,मेयर बालेनले लिए कडा याक्सन आफ्नै साथिलाइ समेत छोडेनन खालि गराए चुनावमा सघाउने साथिकै रेष्टुरेण्ट काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नै साथी को रेस्टुरेन्ट खाली गराएका छन्। काठमाडौं महानगरको नगर प्रहरीले त्रिपु रेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको
वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसा य हटाएको हो। नगर प्रहरीको निर्देशन पछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको हो। उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सह योग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए।
थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए । बालेनलाई चुनावी अभिया नमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए।
निर्वाचनको बेला बालेन शाह सहित उनको सहयोगी समुहले यहि रेस्टुरेन्टमा बसेर बैठक तथा छलफल गर्ने गर्दथे।मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिए,,का छन्। उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’