
आगामी मंसिर ४ गतेको चुनावमा आ-आफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा मा ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना सेन्टि’मेन्ट समात्ने गरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे।
त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै काठमा ण्डूमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेका छन्। देशमा लोडशेडिङ हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको वित्तीय अवस्था दह्रो पारेको जस पाउने घिसिङ स्वयंको सोचाइ चाहिँ के छ त?
‘मैले चुनाव उठ्नेबारे केही निर्णय गरेको छैन,’ घिसिङले बीबीसीलाई भने। ‘चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।’
दोस्रो चारवर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ।
उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवम् ऊर्जामन्त्री पम्फा भुसा लले नै पहल गरेको देखिएको थियो।
माओवादीको इच्छा के हो ?
यही साता एउटा सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डू महानगर पालिका,,,,मा मेयर पदमा बालेन निर्वाचित हुनुमा ‘जनताको से’न्टिमेन्ट’ मुख्य कारण रहेको बता ए।
‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेका छौँ,’ उनले भने। ‘तपाईँहरूले सोच्दै नसोचे को नयाँ मान्छे ल्याउने विचार छ मेरो।
त्यस्तो मान्छे जो कुनै गु’ट’बन्दीमा पनि छैन, कहीँ पनि छैन हामी सबैले साथ दिन सकिने‘ हो, यो त ठिक छ भन्ने भयो भने काठमाण्डूमा २/३ (सीट) हामीले सजिलै जित्न सक्छौँ,’ प्रचण्डले भनेका थिए।
यसअघिको चुनावमा काठमाण्डूमा माओवादीले एक सीट पनि जितेको थिएन। उनले सोही कार्यक्रम देखा परिरहेका अनुहारहरूले जित्ने स्थिति नदेखिएको भन्दै नयाँ उम्मेदवा र ल्याउने सोच रहेको बताएका थिए।
तर यसबारे पार्टीभित्र कुनै आधिकारिक छलफ ल वा निर्णय भने भइनसकेको माओवादी केन्द्र का सचिव दीनानाथ शर्माले बताएका छन्।
‘सबभन्दा पहिले त गठबन्धनभित्र सीट बाँडफाँट टुङ्गिनु पर्यो। त्यसपछि व्यक्तिबारे छलफल होला । सायद अध्यक्ष प्रचण्डले केही सोच्नुभएको भए पार्टीमा बताउनु होला,’ शर्माले भने।
गत स्थानीय चुनावमा काठमाण्डूमा स्वतन्त्र उठेका बालेनले मेयरमा चुनाव जितेपछि आसन्न संसदीय चुनावका निम्ति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन्।
कतिपय क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले पार्टीहरूलाई चुनौती दिने ठानिएको बेला प्रचण्डकोपछिल्लो टिप्पणी आएको हो। -बीबीसी नेपालीबाट ।