५४ जना यात्रु बोकेको रात्री बस दु,र्घट,ना

बैतडीमा बालबालिकासहित ५४ जना सवार रहेको बस दु,र्घटनामा परेको छ । महेन्द्रनरबाट बैतडीको मेलौली गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो ।

बस शुक्ररबार बिहान करिब ४ बजे दु,र्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकु शल रहेको उनले बताए । केहीलाई समान्य चोट पटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।

बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ ।

अन्य समाचार / काठमाडौं । तपाईंले आफ्नो मोटरसाइ कलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्नपरिन सक्छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइ कलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो । पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबा इल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ ।

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफि केसन’ भएको ठहरसमेत उसले गरेको छ ।

ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने कुनै पनि प्रकारका वस्तु नराख्न निर्देशन दिएको हो ।

नेपालको प्रचलित कानुनले मोटरसाइकलको कुनै पनि प्रकारको स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्न रोक लगाएको छ ।

बाइकमा केही कुरा थप्नु वा हटाउनु पनि ‘मोडिफिके सन’जस्तै भएको ट्राफिक प्रहरीले प्रस्ट पारेको छ । मो टरसाइकलमा स्ट्यान्ड राखेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

यो समाचार राजधानी दैनिकमा छ ।