निर्माता रविन्दरसँग विवाह गरिन् टिभी अभिनेत्री भिजे महालक्ष्मीले…

काठमाडौं – सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले विवाह गरेकी छन् । उनले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार विवाह गरेको भारतिय मिडियाले जनाएका छन् ।उनीहरुको विहेमा आफन्त परिवार तथा साथीभाइको उपस्थिती रहेको थियो ।

आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका यो जोडीको बिहेको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महा लक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु ।

तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ । लभ यु अम्मु । ’महालक्ष्मीले चर्चित तमिल टेलिश्रृङ्खला भानी रानी, अफिस, सेलामे, उथिरिपोक्कल,

और कई ओसाईलगायतमा मुख्य भूमिका निर्वाह गरेकी थिइन। यिनै टेलिश्रृङ्खलाबाट उनले चर्चा बटुलेकी थिइन् । रविन्दर विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन् ।

यो पनि,,आमाको कथा सुनाएर सबैलाई रुवाए मनोज गजुरेलले (भिडिओ सहित) सिस्नु पानी नेपालले छोरी हरूका पर्व तीजका अवसरमा नेपाली महिलाको गरिमा गायन गर्ने उद्देश्यले छोरी नामक कार्यक्रम सम्पन्न गरेको छ।राष्टझपति विद्यादेवी भण्डारीको समुपस्थि तमा नेपाल प्रज्ञा प्रतिष्ठानको

प्रेक्षालयमा सम्पन्न कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका छोरी (महिला) को सहभागिता थियो। थोरै हास्यव्यंग्य र धेरै करुणाका प्रस्तुति रहेको कार्यक्रममा छोरीहरूका सांगीतिक प्रस्तुतिदेखि लिएर कविता र गायन प्रस्तुत गरिएको थियो।

छोरा र छोरी समाजका परिपूरक हुन् भन्ने भाव झल्कने कार्यक्रममा केही पुरुष प्रस्तोता पनि रहेका थिए।कार्यक्र ममा तल्लो भागको ठूलो मूख्य प्रेक्ष्यालयमा छोरीहरू मात्र उपस्थिति राखेर महिलाको कदर गरिएको थियो भने

मन्त्री, सांसद, सिइयो, लेखक, .उद्योगी, व्यापारीलगायत सबै पुरुषलाई माथि बाल्कोनीमा राखिएको थियो। कार्यक्र ममा १२ जना छोरीले शास्त्रीय संगीत, १८ जना छोरीले

नौमती बाजा र ३४ जना छोरीले बाँसुरी वादन प्रस्तुत गरेका थिए।कवि कुन्ता शर्मा, मोमिला जोशी, भावना शर्माको कविता तथा अञ्जु पन्तले गीत प्रस्तुत गरेको कार्यक्रममा पुरुष प्रस्तोतामा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदन कृष्ण श्रेष्ठको छोरीसम्बन्धी चोटिलो र

कारुणिक प्रस्तुतिले दर्शकलाई हँसाएको थियो भने कलाकार मनोज गजुरेलले आप्mनी आमाको अभिनय गरेर दर्शकलाई भावुक बनाएका थिए। एकल महिलाको पीडा छल्कने उनको कारुणिक प्रस्तुतिले प्रतिष्ठानको प्रेक्षालयलाई भावुक बनाएको थियो।

कवि अर्जुन पराजुली र लक्ष्मण गाम्नागेले कविता प्रस्तुत गरेको कार्यक्रममा कार्यक्रमका संयोजक टंक आचार्यले भावुक लेख प्रस्तुत गरेका थिए। सुगारिका केसी र सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पूर्वसभामुख,

मन्त्री, सांसद, न्यायाधीश, कलाकार, पूर्वप्रधान मन्त्री पत्नी, लेखक, पत्रकार, विद्यार्थी नेता, बैंकका सिईओ, सुरक्षा निकायका पदाधिका रीलगायत सर्वसाधारणको बाक्लो उपस्थितिले खचाखच बनेको प्रेक्षालय छोरीका दु :ख, सुख र वीरता झल्कने तस्वीरले सुन्दर बन्न पुगेको थियो।