
काठमाडौं १० भदौ । नेकपा एमाले नेता महेश बस्नेतले आफुविरुद्ध गाली गर्नेलाई सुधार गृहमा लैजाने अभियान चलाउने बताएका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साहले गरेको काम प्रति आक्रोश पोखेका नेता बस्नेतमाथि सामाजिक सञ्जालमा गालीगजौल आएपछि उनले सुधार गृहमा लान पर्ने बताएका हुन् ।
नेता बस्नेतले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘२–४ जना फेसबुके ट्यापेहरूले मान्छेलाई गाली गरेर केही हुन्न। उनीहरूलाई सुधार गृहमा लैजाने हो।
निराश हुनुपर्दैन ,२–४जना ट्यापेहरूलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व महेश बस्नेतले गर्छ, चिन्ता लिनुपर्दैन।’
काठमाण्डूको तीनकुनेमा रहेको ग्ल्यासियर कले जले शुक्रबार गरेको कार्यक्रममा उनले मपाईंत्व गर्ने र गाली गर्नेहरूलाई सुधार गृहमा लगिने चेतावनी दिएका हुन् ।