विद्युत प्राधिकरणले भन्यो- ‘महानगरलाई कर तिर्दैनौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महा नगरपालिकालाई कर नबुझाउने बताएको छ । विद्युत प्राधिकरण ऐनमा कुनै पनि स्थानीय कर नलाग्ने व्यवस्था भएका कारण महानगरलाई कर नतिर्ने प्राधिकरणले जनाएकाे हाे ।

विद्युत प्राधिकरण ऐनको अवलम्बन गरेका कारण हाल सम्म महानगरपालिकालाई कर नबुझाएको नेपाल विद्युत प्राधिकरणका प्रशासनिक प्रमुख लोकहरी लुइँटेलले बताए ।

प्राधिकरणले कर नतिर्ने मनसाय बनाए पनि महानगर पालिकाले कर तिर्नको लागि ताकेता गर्दै आएको छ ।

ऐनमा नै स्थानीय कर नतिर्ने व्यवस्था भएपछि महानगर पालिकालाई कर तिर्नुपर्ने बाध्यता नरहेको प्राधिकरणले जानकारी दिएको छ । ‘ऐनमा स्थानीय कर नलाग्ने भनेर उल्लेख गरिएको छ,

महानगरपालिका भने कर तिर्नु भनेर ताकेता गरिरहेको छ, हामीले उहाँहरूलाई ऐनमा छुटको व्यवस्था छ भनिरहेका छौं, कर तिर्नु पर्याे भने ऐनलाई संशोधन गर्नुपर्छ,’ उनले भने ।

प्राधिकरणले कर नबुझाउने भने पनि महानगर पालिकाले कर तिर्नुपर्ने बताउँदै आएको छ । काठमाडौं महानगरपा लिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले प्राधिकरणले स्थापना कालदेखि नै महानगरलाई सम्पत्ति विवरण नबुझाएको बताए ।

‘प्राधिकरणले सम्पत्तिको विवरण दिनु पर्याे, उसको क्षेत्र को सम्पूर्ण विवरण आइसकेपछि बल्ल उसको सम्पत्ति कर निकाल्ने हो,

त्यो निकाल्नको लागि महानगरलाई सम्पत्तिको विवरण बुझाउनु पर्ने हुन्छ, त्यसपछि उसले कति तिर्नु पर्छ भन्ने हामी हिसाब निकाल्छौं,’ उनले भने ।