
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्व वियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्त रीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले
लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रिय हितको रक्षाको साझा अभियान एमालेले लिए को दाबी गरे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे ।
उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्ता लाई निर्देशन दिए ।अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थी लाई आग्रह गरे ।
उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह
गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।
अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरे को सभापतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश
पोखरेललगायतले सङ्घीयताको सफल कार्या न्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।