
नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच एक समझदारी भएको छ । विद्युत प्राधिकरणका कार्य कारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरी क्षक राजु
अर्यालवीच आज हल्चोकमा उक्त सम्झौता भएको हो ।विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सन्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको
प्रयोगमा सघाउ पुर्याउनेसम्बन्धी सम्झौता भए को हो । ग्याँसको खपत घटाउँदै विद्युत उपयोग बढाउँदै लैजाने लक्ष्यअनुरुप प्राधिकरण ले काम गरिरहेको सो अवसरमा घिसिङ्गले बताए ।
सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सन्चालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थान गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ ।
विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च विद्युत प्राधिकरणले व्यहोर्ने छ भने । यो परियोज नानिम्ति प्राधिकरणले ५ करोड बजेट छुट्याएको बताइन्छ ।
इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरण मा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम
शिक्षालय,गण र दोस्रो चरणमा सबै गुल्महरुका निम्ति प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।कार्यक्रममा विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट
नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल,सशस्त्र प्रहरी अति रिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायतको उपस्थिति थियो ।