मिल्यो भागबन्डा: ७५ कांग्रेस, ५० माओवादी र ४० अन्य दललाई दिने सहमति, पहिलो हाफको प्रधानमन्त्री प्रचण्ड !

गठबन्धनमा चुनावी तालमेलको तयारी तीव्र, कसरी होला सिट बाँडफाँट ? (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा गरेको हो ।

चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ ।

पाँच दलहरुले ०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउने नेताहरु बताउँछन् ।

सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि कार्यदल बनाउने गठबन्धनभित्र तयारी छ । गठबन्धन सम्बद्ध दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार कार्यदलले तयार पार्ने मापदण्डका आधारमा शीर्ष नेता बसेर सिट बाँडफाँट गरिने छ ।

गठबन्धन दलले चुनावी मुद्दामा समेत साझा धारणा बनाएर जाने पौडेलको भनाइ छ । त्यसको गृहकार्य समेत कार्यदललाई दिने गठबन्धनमा सहमति भइसकेका उनले रातोपाटीलाई बताए ।

‘सत्ता साझेदार दलबीच चुनावी तालमेलबारे छलफल सुरु भएको छ,’ पौडेलले भने, ‘स्थानीय तहमा भएको कमजोरी अब दोहोर्याउनु हुँदैन भन्नेमा हामी सबै प्रस्ट छौं । एउटा मापदण्ड बनाएर जाने विषयमा सबै सहमत छौँ।’

छलफललाई निरन्तरता दिने र तालमेलको मोडलको टुंगो लाग्ने जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल रातोपाटीलाई बताइन् ।

बुधबारको बैठकसँगै गठबन्धन दलमा आगामी निर्वाचनका कसरी जाने भन्ने विषयमा छलफलले स्थान पाउनेको उनको पनि भनाइ छ ।