
काठमाडौं १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीतिबाट विश्राम लिन चाहेको खुलासा गरेका छन् ।उमेरका कारण पनि आफू विश्राम लिनुपर्ने अवस्थामा पुगेको बताएका उनले
परिस्थितिले गर्दा विश्राम लिने अवस्था नआएको बताएका हुन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजि त पार्टीको कर्णाली प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।‘
उमेरका कारण पनि मैले राजनीतिबाट विश्रानम लिनुपर्ने बेला भएको छ,तर, परिस्थितिले गर्दा विश्राम लिन पाएको छैन ।’ प्रचण्डले भने ।
पार्टीभित्र गुट उपगुट संस्थागत भएको भन्दै चिन्ता समेत व्यक्त गरेका उनले कतिपय सिनियर नेताहरुबीचमै गुटबन्दीका कारण
बोलचालै बन्द हुने अवस्था आएको बताए । पार्टीमा सबै ले आफूलाई प्रचण्ड ठान्ने प्रवृत्ति बढेको भन्दै पार्टी कम जोर हुनुमा सबैमा प्रचण्ड
बनने महत्वकांक्षा पलाउनु भएको बताए । गुटगत राज नीतिका कारण मधेस प्रदेशमा पार्टी कमजोर भएको बताए ।