
काठमाडौं -यि हुन्, जुरी ठाकुर । पेशाले यिनी नाई हुन् । बानेश्वरमा जुरीको ३ वटा युजिसेक्स पार्लर छन् । जसको नाम हो, जुरी युनिसेक्स पार्लर । केहि समयअघि देखि थुप्रै नेपाली कलाकारहरुको कपाल काट्दै आएका जुरीलाई सेलिब्रेटीको कपाल काट्ने नाई भनेर पनि धेरैले चिन्दछन् ।
धेरै सेलिब्रेटीहरुको प्रिय जुरी नायक पल शाहसंग भने अझै नजिक छन् । बिगत ४ बर्षदेखि जुरी र पल दाजु भाईको सम्बन्ध कायम गर्दै नजिकिएका हुन् । पलको म्युजिक भिडियो, चलचित्रको सुटिंग र अन्य कार्यक्रमह रुमा संगै देखिने जुरी पललाई आफ्नै दाई मान्छन् ।
पल सक्रिय रहंदा जुरी प्राय पलकै साथमा हुन्थे । पललाई प्रहरीले खोजिरहंदा जुरीले नै पललाई सहयोग गरेका थिए रे ।आखिर कस्ता व्यक्ति हुन त पल ?
जुरी र पलको निकटता कसरी बढ्यो ? जेल जीवन बिता ईरहेका पलको अवस्था कस्तो छ ? पलको परिवार,,को अवस्था कस्तो छ ? पल अब कहिले छुट्छन् ।
यिनै बिषयमा पलको नजिकका भाई जुरी संग हामीले गरेको कुराकानी पुरा हेर्नुस र तपाई मध्ये को को पलको रिहाईको पर्खाईमा हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला ।
भिडियो हेर्नुस
अन्य थप समाचार// विद्युत प्राधिकरणले भन्यो- ‘महान गरलाई कर तिर्दैनौं’ काठमाडौं । नेपाल विद्युत प्राधिकर णले काठमाडौं महानगरपालिकालाई कर नबुझाउने बता एको छ । विद्युत प्राधिकरण ऐनमा कुनै पनि स्थानीय कर नलाग्ने व्यवस्था भएका कारण महानगरलाई कर नतिर्ने प्राधिकरणले जनाएकाे हाे ।
विद्युत प्राधिकरण ऐनको अवलम्बन गरेका कारण हाल सम्म महानगरपालिकालाई कर नबुझाएको नेपाल विद्युत प्राधिकरणका प्रशासनिक प्रमुख लोकहरी लुइँटेलले बताए ।
प्राधिकरणले कर नतिर्ने मनसाय बनाए पनि महानगरपा लिकाले कर तिर्नको लागि ताकेता गर्दै आएको छ ।ऐनमा नै स्थानीय कर नतिर्ने व्यवस्था भएपछि महानगरपालिका लाई कर तिर्नुपर्ने बाध्यता नरहेको प्राधिकरणले जानकारी दिएको छ । ‘ऐनमा स्थानीय कर नलाग्ने भनेर उल्लेख गरिएको छ,
महानगरपालिका भने कर तिर्नु भनेर ताकेता गरिरहेको छ, हामीले उहाँहरूलाई ऐनमा छुटको व्यवस्था छ भनिरहेका छौं, कर तिर्नु पर्याे भने ऐनलाई संशोधन गर्नुपर्छ,’ उनले भने ।
प्राधिकरणले कर नबुझाउने भने पनि महानगर पालिकाले कर तिर्नुपर्ने बताउँदै आएको छ । काठमाडौं महानगरपा लिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले प्राधिकरणले स्थापना कालदेखि नै महानगरलाई सम्पत्ति विवरण नबुझाएको बताए ।
‘प्राधिकरणले सम्पत्तिको विवरण दिनु पर्याे, उसको क्षेत्र को सम्पूर्ण विवरण आइसकेपछि बल्ल उसको सम्पत्ति कर निकाल्ने हो,
त्यो निकाल्नको लागि महानगरलाई सम्पत्तिको विवरण बुझाउनु पर्ने हुन्छ, त्यसपछि उसले कति तिर्नु पर्छ भन्ने हामी हिसाब निकाल्छौं,’ उनले भने ।