सांसद पदबाट राजीनामा दिँदै राजेन्द्र लिङ्देन [कारण यस्तो छ हेर्नुस]

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याउने गरि कानून संशोधन गर्न लागिएको भन्दै लिङ्देनले राजी नामा दिन लागेको बताएका छन्।

खबरमञ्चसँग कुरा गर्दै लिङ्देनले आजको संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिने बताएका छन्।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

अन्य थप समाचार / एमालेले लिन्छ देशलाई भ्रष्टाचार मुक्त बनाउने र जनतालाई राहत दिने जिम्मा – ओलि

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्व वियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्त रीय दुई दिने प्रशिक्षण कार्यक्रममा उनले

लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रिय हितको रक्षाको साझा अभियान एमालेले लिए को दाबी गरे।अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई   राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राखे ।

उनले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्ता लाई निर्देशन दिए ।अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्या र्थीलाई आग्रह गरे ।

उनले आउँदो चुनावमा पहिलो पटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह

गरे । आउँदो मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उनको भनाइ थियो ।

अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरे को सभापतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश

पोखरेललगायतले सङ्घीयताको सफल कार्या न्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राखे।