खतरनाक एक महिला आठ वर्षपछि पक्राउ

लागूऔषध मुद्दामा आठ वर्षदेखि फरार रहेकी जाजर कोटकी एक महिला पक्राउ परेकी छिन्।  जिल्ला को नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध चरेश मुद्दामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको थियो। तर उनी फरार हुँदै आएकी थिइन्। गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकिछिपीबसेको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतबार नै अदालतको आदेशमा कारागार चलान गरिए को जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

यो पनि,,
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजाकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकपछि नतिजा प्रकाशन गरेको हो । बोर्डले मोबाइलमा र्फत नतिजा हेर्न भनेर लिङ्क पनि सार्वजनिक गरिसकेको छ ।

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्।

https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यो पनि,,जे,लमा रहेका मोहम्मद अ,फताव आलम कांग्रेसबाट उम्मेदवार सिफारिस जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ।उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो।

आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।  उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घ,टनामा संलग्न रहेको अभियोग छ।

स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृ,त्यु भएको थियो।उक्त घ,टनामा घाइ,ते भएकाहरूलाई इँटाभट्टा मा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आ,रोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए।

यो पनि,,

सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनिय रिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।

मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ।

मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीति   क क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ।