मन्त्रीलाई नियम सिकाउने सुरक्षागार्डलाई ५ दिन थुन्न अनुमति

काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई नियम सिकाउने सुरक्षा गार्डलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका मन्त्री श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए।

मन्त्री श्रेष्ठले मन्त्री हुँ भन्दै लाइनमा बस्न नमाने पछि जो भए पनि नियम मान्नुपर्छ भन्दै सुरक्षागा र्ड गुरुङले लाइनमा बस्न भनेका थिए।

तर त्यही कारण पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्री लाई भनेर ती गार्डलाई पक्राउ गर्न आग्रह गरेका थिए। गृहमन्त्री बाल कृष्ण खाँणले कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्याल यले ती गार्डलाई पक्राउ गर्न निर्देशन दिएको थियो।

उनलाई दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ। अभद्र व्यवहारमा मुद्दा चलाउन जिल्ला प्रकासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको हो।

शुक्रबार पीएसओसहित मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। त्यही क्रममा सुरक्षागार्डले आफूलाई दुर्व्यवहार गरेको म  न्त्री श्रेष्ठको भनाइ छ।