
काठमाडौं । विगत केही दिनदेखि सहरभित्र मापदण्डवि परीत बनाइएका संरचना भत्काउने अभियान थालेका काठमाडौं महानगरपालि काका मेयर बालेन्द्र साह (बाले न)को नजर अब ठूला तारे होटलमा सञ्चालित क्यासि नोतर्फ सोझिएको छ ।
हालसम्म बुझाउन बाँकी कर नतिरेको भन्दै काठमाडांै महानगरपालिकाले राजधानी भित्रका विभिन्न क्यासिनो लाई आगामी एक साताभित्र मनोरञ्जन कर तिर्न पत्रा चार गरेको छ ।सात क्यासिनोलाई बक्यौता तिर्न ताकेता आइतबार तारे होटलमा सञ्चालित
विभिन्न सातवटा क्यासिनोलाई पत्र पठाउँदै महानगरपा लिकाले आगामी एक साताभित्र बक्यौता कर बुझाउन ताकेता गरेको हो । काठमाडांै महानगरपालिकाले होटल म्यारियटस्थित डेल्टिन क्यासिनो,
होटल अन्नपूर्णस्थित क्यासिनो प्यालेस, होटल ¥याडिसन स्थित क्यासिनो ¥याड, होटल ह्यातस्थित प्राइड इन्टरनेसन ल एन्ड रिक्रिएसन प्रालि, होटल सोल्टीस्थित माजोङ क्या सिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई एकसाताको अल्टिमेटम दिएर बक्यौता कर तिर्न भनेको छ ।
महानगरले बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्या सिनो प्रवेशको मनोरञ्जन कर बुझाउन यसअघि पटकपट क ताकेता गर्दै आएको थियो तर क्यासिनोले अटेर गर्दै आइरहेका थिए ।
क्यासिनोहरूले गत चार वर्षदेखि त्यस्तो कर नतिरेको काठमाडांै महानगरपालिकाको राजस्व विभागले जना एको छ ।प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिमानासहित आगामी सात दिनभित्र नबुझाए महान गरको राजस्व ऐनअनुसार कारबाही हुने चेतावनी महान गरपालिकाले सम्बन्धित क्यासिनोलाई दिएको छ ।
महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार यी सबै क्यासि नोहरूले मनोरञ्जन कर शीर्षकमा प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।
बाग्मती प्रदेशको आर्थिक ऐनअनुसार उठेको यस्तो रा जस्वको ६० प्रतिशत काठमाडौं महान गरपालिका र ४० प्रतिशत प्रदेश सरकारलाई दाखिला गर्नुपर्छ ।महानगरको चेतावनीपछि प्राधिकरणले १५ करोड बुझाउने
नेपाल विद्युत् प्राधिकरणले पनि काठमाडौं महानगरको चेतावनीपछि बक्यौता १५ करोड कर तिर्न पत्र पठाएको छ । यसअघि नतिर्ने बताउँदै आएको प्राधिकरणले सम्पत्ति कर तिर्ने भएको हो ।
गत शुक्रबार यो संस्था पनि सरकारी जस्तै संस्था भएको भन्दै प्राधिकरणका प्रतिनिधिले काठमा डौं महानगरपा लिकालाई कुनै पनि हालतमा कर नबुझाउने बताएका थिए ।
त्यसपछि महानगरपालिकाले कर नबुझाउने जुनसु,,,कै संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिएपछि आइतबार बल्ल विद्युत् प्राधिकरणले महानगरको राजस्व विभागलाई पत्र लेखेर अब स्थानीय सरकार ऐन÷नियमअनुसार कर तिर्ने जनाएको हो ।
हाल प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको विभिन्न ठाउँको जग्गाको लालपुर्जाको प्रतिलिपि पठाउँदै आफूले तिर्नुपर्ने सम्पत्ति कर यकिन गर्न महानगरको राजस्व विभागलाई आग्रह गरेको छ ।
महानगरको राजस्व विभाग प्रमुख अधिकारीले प्राधिक रणले तिर्नुपर्ने सम्पत्ति करको हिसाब भइरहेको जानकारी दिए । हाल प्राधिकरणले बुझाएको कागजातका आधारमा सम्पत्ति करसम्बन्धी हिसाब गरिरहेको जानकारी गराउँदै अधिकारीले भने, ‘
प्रारम्भिक गणनामा करिब १५ करोड रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने देखिएको छ ।’महानगरको पत्रपछि फनपार्कले लाखौं रुपैयाँ बक्यौता कर तिरेको थियो । यसैगरी, महान गरलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतका सर कारी संस्थानले सम्पत्ति कर बुझाउन बाँकी छ ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, नेपाल बैंकलगाय तका संस्थाले भने महानगरलाई निय मित कर तिरिरहेको जानकारी गराउँदै अधिकारी ले भने, ‘अब कर नतिर्ने सबै संस्थालाई कानुनब मोजिम पत्र पठाउँछौं ।
कानुनअनुसार सबैले कर तिर्नैपर्छ ।’ नत्र कानुनअनुसार कडा कारबाही हुने उनको भनाइ छ । यो खवर आजको राजधानी दैनिकमा छापिएको छ ।