
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा
शुक्रबार (आज) बसेको बैठकमा तालमेल गरेर जाने सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।
यो पनि पढ्नुहोस
त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ ।
सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो।
प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन्। गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।