काठमाडौंमा बालेनको डोजर हेर्न आउनेको भिड (हेर्नुस भिडियोमा)

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुस//मेयर बालेन शाहको नजर होटल र क्यासिनोतर्फ काठ माडौं । विगत केही दिनदेखि सहरभित्र मापदण्डविपरीत बनाइए का संरचना भत्काउने अभियान थालेका काठमाडौं महा नगर पालि काका मेयर बालेन्द्र साह (बालेन)को नजर अब ठूला तारे होटलमा सञ्चालित क्यासिनोतर्फ सोझि एको छ ।

हालसम्म बुझाउन बाँकी कर नतिरेको भन्दै काठमाडांै महानगरपालिकाले राजधानी भित्रका विभिन्न क्यासिनो लाई आगामी एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ ।सात क्यासिनोलाई बक्यौता तिर्न ताकेता आइत बार तारे होटलमा सञ्चालित

विभिन्न सातवटा क्यासिनोलाई पत्र पठाउँदै महानगर पालिकाले आगामी एक साताभित्र बक्यौता कर बुझाउन ताकेता गरेको हो । काठमाडांै महानगरपालिकाले होटल म्यारियटस्थित डेल्टिन क्यासिनो,

होटल अन्नपूर्णस्थित क्यासिनो प्यालेस, होटल ¥याडिस नस्थित क्यासिनो ¥याड, होटल ह्यातस्थित प्राइड इन्टरने सनल एन्ड रिक्रिएसन प्रालि, होटल सोल्टीस्थित माजोङ क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई एकसा ताको अल्टिमेटम दिएर बक्यौता कर तिर्न भनेको छ ।

महानगरले बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर बुझाउन यसअघि पटकपटक ताकेता गर्दै आएको थियो तर क्यासिनोले अटेर गर्दै आइरहेका थिए ।

क्यासिनोहरूले गत चार वर्षदेखि त्यस्तो कर नतिरेको काठमाडांै महानगरपालिकाको राजस्व विभागले जना एको छ ।प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिमानासहित आगामी सात दिनभित्र नबुझाए महान गरको राजस्व ऐनअनुसार कारबाही हुने चेतावनी महान गरपालिकाले सम्बन्धित क्यासिनोलाई दिएको छ ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार यी सबै क्यासि नोहरूले मनोरञ्जन कर शीर्षकमा प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।

बाग्मती प्रदेशको आर्थिक ऐनअनुसार उठेको यस्तो राजस्वको ६० प्रतिशत काठमाडौं महान गरपालिका र ४० प्रतिशत प्रदेश सरकारलाई दाखिला गर्नुपर्छ ।महानगरको चेतावनीपछि प्राधिकरणले १५ करोड बुझाउने

नेपाल विद्युत् प्राधिकरणले पनि काठमाडौं महानगरको चेतावनीपछि बक्यौता १५ करोड कर तिर्न पत्र पठाएको छ । यसअघि नतिर्ने बताउँदै आएको प्राधिकरणले सम्पत्ति कर तिर्ने भएको हो ।

गत शुक्रबार यो संस्था पनि सरकारी जस्तै संस्था भएको भन्दै प्राधिकरणका प्रतिनिधिले काठमा डौं महानगरपालि कालाई कुनै पनि हालतमा कर नबुझाउने बताएका थिए ।

त्यसपछि महानगरपालिकाले कर नबुझाउने जुनसुकै संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिएपछि आइतबार बल्ल विद्युत् प्राधिकरणले महानगरको राजस्व विभागलाई पत्र लेखेर अब स्थानीय सरकार ऐन÷नियमअनुसार कर तिर्ने जनाएको हो ।

हाल प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको विभिन्न ठाउँको जग्गाको लालपुर्जाको प्रतिलिपि पठाउँदै आफूले तिर्नुपर्ने सम्पत्ति कर यकिन गर्न महानगरको राजस्व विभागलाई आग्रह गरेको छ ।

महानगरको राजस्व विभाग प्रमुख अधिकारीले प्राधिकर णले तिर्नुपर्ने सम्पत्ति करको हिसाब भइरहेको जानकारी दिए । हाल प्राधिकरणले बुझाएको कागजातका आधारमा सम्पत्ति करसम्बन्धी हिसाब गरिरहेको जानकारी गराउँदै अधिकारीले भने, ‘

प्रारम्भिक गणनामा करिब १५ करोड रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने देखिएको छ ।’महानगरको पत्रपछि फनपार्कले लाखौं रुपैयाँ बक्यौता कर तिरेको थियो । यसैगरी, महान गरलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतका सर कारी संस्थानले सम्पत्ति कर बुझाउन बाँकी छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, नेपाल बैंकल गायतका संस्थाले भने महानगरलाई निय मित कर तिरिरहेको जानकारी गराउँदै अधिकारी ले भने, ‘अब   कर नतिर्ने सबै संस्थालाई कानुनब मोजिम पत्र पठाउँछौं ।

कानुनअनुसार सबैले कर तिर्नैपर्छ ।’ नत्र कानुनअनुसार कडा कारबाही हुने उनको भनाइ छ । यो खवर आजको राजधानी दैनिकमा छापिएको छ ।