
गुल्मीमा पूर्वमन्त्री रामकुमारी झाक्रीलाई झड्का लागेको छ । एकीकृत सामाजवादी गुल्मीका अध्यक्ष तथा इन्चा र्जसमेत जिल्ला कमिटिसहित नेकपा एमालेमा फर्किएपछि मन्त्री झाक्रीलाई झड्का लागेको हो ।
आज (सोमवार) नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा एकीकृत समाजवादी गुल्मी का जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
पूर्वमन्त्रीद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टलगायत एमाले जिल्ला कमिटीले उनलाई पार्टी प्रवेश गराएको एमाले जिल्ला कमिटी गुल्मीले जनाएको छ ।
उता, गुल्मीमा जिल्ला इन्चार्ज र अध्यक्षसहित ठूलो पं क्ति एमालेमा फर्किएपछि एकीकृत समाजवादीका दुई उपाध्यक्ष र सह-इन्चार्जले सोमबार विज्ञप्ति निकालेका छन्। विज्ञप्ति निकाल्नेमा समाजवादीका जिल्ला उपाध्यक्ष राम मल्ल ठकुरी, चन्द्र सुनार र सहइन्चार्ज गणेश विश्व कर्मा रहेका छन्।
निर्वाचनको मुखमा समाजवादी केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष नरेश भण्डारी र समाजवादीका अर्का केन्द्रीय एवम् जिल्ला इन्चार्ज गणेश खनाल पनि एमालेमै फर्किएपछि तीनजनाले विज्ञप्ति निकालेका हुन्।
गुल्मीमा रामकुमारीलाई धक्का, समाजवादीका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा फर्कियो
उनीहरुले गैह्रराजनीतिक ढंगले पदीय दुरूपयोग गरि दुई जना ब्यक्तिले नेकपा( एकीकृत समाजवादी) र नेकपा एमालेबीच एकता घोषणा भयो भनेर भ्रम पनि छरेको बताएका छन्।
‘भ्रमपूर्ण कु-प्रचार गरि पार्टी हितविपरीत कार्य गरेकोले गणेश खनाल र नरेश भण्डारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको छ’,
उनीहरुले भनेका छन्, ‘ती दई व्यक्तिबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतसहित सिंगो पार्टी एक ढिक्का रहेको जानकारी गराउँदै सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभेच्छुक तथा आम मतदातालाई भ्रममा नपर्न अपिल गर्दछौँ।’
उनीहरुले दुईजना ब्यक्तिलाई टीका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेतजनक रहेको भनेका छन्। ‘
यस्ता प्रकारका गैह्रराजनीतिक चरित्र प्रर्दशन गरि भ्रम सिर्जना नगर्न सम्बन्धित पार्टीलाई सचेत गराउन चाहन्छौँ’, एमालेलाई लक्षित गर्दै उनीहरुले भनेका छन्।