योगेशलाई शुभकामना दिँदै झाँक्रीले भक्कानिदै लेखिन्–यस्तो पत्र..

आज एमाले सचिव योगेश भट्टराईको जन्मदिन । उनलाई जन्मदिनकाे शुभकामना दिनेहरूको जमात सामाजिक सञ्जालमा लामै छ । एमाले छाेडेर माधवकुमार नेपाल नेतृत्वकाे नेकपा

एकीकृत समाजवादीतिर लागेकी नेतृ रामकुमारी झाँक्रीले पनि भट्टराईलाई सामाजिक सञ्जालबाटै शुभकामना दिए की छन् ।याेगेशलाई जन्मदिनकाे शुभकामना दिँदै झाँक्रीले आफूलाई केही अभाव भइरहेकाे बताएकी छन् ।

‘आफैँले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’, झाँक्रीले ट्वीटरमार्फत याेगेशलाई दिएकाे शुभकामना सन्देशमा यी कुरा लेखिएका छन् ।

याेगेश भट्टराई र रामकुमारी झाँक्री कुनै बेला एमालेकाे एउटै समूहमा रहेर काम गरेका नेता हुन् । उनीहरू एमाले विभाजन हुनुअघिसम्म माधवकुमार नेपाल समूहमा थिए ।

तर पार्टी विभाजनपछि झाँक्री एकीकृत समाजवादीमा लागिन् भने भट्टराई एमालेमै रहे ।एकीकृत समाजवादीमा लागेर झाँक्री शहरी

विकास मन्त्री पनि भइन् तर छाेटाे समयमै उनलाई पार्टी  ले फिर्ता बाेलाएपछि पत्रकार सम्मेलनमै राेएकी थिइन् । त्यसयता उनीमा पार्टीप्रति निराशा बढेकाे संकेत उनका गतिविधिहरूले देखाइरहेकाे छ ।

त्यसमा पनि गृहजिल्ला गुल्मीका प्रभावशाली नेताहरू एमालेमै फर्किएपछि त उनमा निराशा झनै बढेकाे छ ।झाँक्रीकै सिफारिसमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका नरेश भण्डारी,

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनालस हितका अधिकांश नेता सोमबार एमालेमा फर्किनुअघि झाँक्रीले ट्वीटरमा लेखेकी थिइन्, ‘हरेक अँध्यारो रातपछि बिहानी हुन्छ । मार्क्सवादीहरू आशावादी हुन्छन् ।

धेरै पर क्षितिजपारी पनि सम्भावना देख्छन् । सबै राम्रै भइरहेको छ । चिन्ता छैन ।’झाँक्रीले चिन्ता छैन भने पनि चुनावकाे मुखमा गृहजिल्ला का प्रभावशाली नेताहरू एमालेमै फर्किएपछि उनीमा चुनाैती भने पक्कै थपिएकाे छ ।

महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ भनेर भट्टराईसित व्यक्त गरेकाे भाव नाले पनि उनीमा निराशा गुज्रिरहेकाे संकेत गर्छ ।

झाँक्री आफ्नाे पार्टी नेकपा एकीकृत समाजवा दीकाे पहिलाे वार्षिकाेत्सव समाराेहमा पनि सहभागी भएकी थिइनन् ।