पुनः बच्चा जन्माउँदै १६ सन्तानकी आमा

२० भदौ, काठमाडौं । अमेरिकाकी एक महिला ले हाल सम्म १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् । उनको गर्भमा अहिले १३ हप्ताको बच्चा छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने उनको इच्छा छ ।

अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने ४० वर्षकी पेटी हर्नान्डिज पछिल्लो १४ वर्षदेखि लगातार गर्भवती बन्दै आएकी छिन् । उनका पतिको नाम कार्लोस हो, जसको उमेर ३९ वर्ष छ ।

पेटी र कार्लोस दम्पत्ति धेरैभन्दा धेरै बच्चा जन्माउन चाहन्छन् ।द सन को रिपोर्ट अनुसार पेटीले आफ्नो पति कार्लोसलाई सम्मान व्यक्त गर्नका लागि आफ्ना सबै बच्चाको नाम सी अक्षरबाट राखेकी छिन् ।

पति कार्लोसले बच्चा र घरको राम्रोसँग हेरवि चार गर्ने गरेको उनी बताउँछन् । उक्त दम्पत्तिले एक सरसफाई कम्पनी चलाइरहेका छन् ।

पेटीले १४ वर्षदेखि हरेक वर्ष बच्चा जन्माइ रहेकी छिन्। उनीहरुका १६ सन्तानमध्ये ६ छोरा र १० छोरी छन् । त्यसमध्‍ये ६ वटा जुम्ल्याहा बच्चा छन् ।

उनीहरुका बच्चाहरुमा १४ वर्षका कार्लोस जुनियर, १३ वर्षका क्रिस्टोफर, ११ वर्षकी कार्ला र क्याटलिन, १० वर्षका क्रिश्चियन र सेलेस्टे, ९ वर्षकी क्रिस्टिना, ७ वर्षका केल्भिन, क्याथरिन तथा ५ वर्षका क्यालेब र क्यारोलिन छन् ।

त्यस्तै क्यारोल, क्यामिला, शार्लेट, क्रिस्टलसँगै सबैभन्दा सानो १ वर्षका क्लेटन छन्।आफूले कहिल्यै पनि गर्भ निरोधक सामान प्रयोग नगर्ने पेटी बताउँछिन् ।

१६ बच्चासहितको उनीहरुको परिवार कहीँकतै घुमफिर गर्न जाँदा मिनीबस नै रिजर्भ गर्नुपर्दछ । उनीहरुको परिवारले हरेक हप्ता खानेकुरामै करिब सबा लाख रुपैयाँ खर्च गर्दछ । एजेन्सीको सहयोगमा