जात नमिलेपछि काठमाडौंमा एक जोडीले पाँच तला माथिबाट अंगालोमा बाधिएर हाम फाले र संसार छाडे

काठमाडौंको बुद्धनगरस्थित एक निर्माणाधीन घरको पाँचाैँ तलाबाट बुधबार हाम फालेर दुई जना बालबालिकाले आ’ त्मह’त्या गरे । आ’त्मह ’त्या गर्नेमा १३ वर्षीया कृतिका जैसवाल र १४ वर्षीय अनिकेत राय थिए ।

प्रहरीका अनुसार उनीहरू दुवै जना बानेश्वर स्थित पाठ शाला स्कुलमा कक्षा–९ मा अध्यय नरत विद्यार्थी हुन् । घरबाट हाम फालेको देखे पछि स्थानीयले उनीहरूलाई तत्काल उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याएका थिए ।

तर, अस्पताल पुर्‍याउनासाथ डाक्टरले दुवैलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार उनी हरू दुवै भारत बिहार का हुन् । पछिल्लो समय अनिकेतको परिवार काठमाडौं को

पेप्सिकोला र कृतिकाको परिवार काठमाडौंको घट्टेकुलोमा बस्दै आएका थिए । प्रहरीका अनु सार उनीहरूको भेट स्कुलमै भएको हो । प्रहरी ले कृतिकाको ‘स्कुल ब्याग’बाट ‘सु’साइड नोट’ समेत फेला पारेको छ ।

कृतिका र अनिकेत दुवैले विद्यालयको ‘हाउस ड्रेसमै’ हाम फालेका थिए । काठमाडौं प्रहरीका एक प्रहरी अधिकारी का अनुसार कृतिकाको ब्यागमा भेटिएको सुसाइड नोटमा ‘ममी, मलाई माफ गरिदिनू, मैले गल्ती गरेँ’ लेखिएकाे छ ।

प्रहरीले उनीहरू प्रेम सम्बन्धमा रहेको हुन सक्ने अनुमान गरेको छ ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘उनीहरूबीच प्रेम सम्ब न्ध रहेजस्तो देखिन्छ ।

हामीले परिवारसँग बुझ्दा पनि त्यही कुरा आए को छ । परिवारले अहिलेदेखि नै प्रेम गरेर हिँड्ने भनेर केही सम्झाएको पनि बुझिएको छ ।

परिवारकै कुरा चित्त नबुझेर आ’त्मह’त्या गरेका हुन् कि भन्ने हाम्रो आ’शंका छ ।’काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने आ’त्महत्याको ठोस कारण बुझ्ने प्रयास भइरहे काे बताए ।

‘हामी अनुसन्धान गर्दैछौँ । परिवारको अवस्था बारे पनि बुझ्न बाँकी छ ।पीडामा रहेको परिवार बारे धेरै कुरा बुझ्न समय लाग्छ नै,’ एसपी मैना लीले भने ।

प्रहरीका अनुसार कृतिका र अनिकेतबीच जात पनि नमिल्ने भन्दै दुवैको परिवारले उनीहरूलाई प्रेम नगर्न द’बाब दिएको थियाे ।