आमाले ज्याला मजदुरी गरेर पढाएको छोरो कक्षा १२ को परीक्षामा नेपाल टप..

पर्वतको जलजला गाउँपालिका-४, की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन् ।   चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले

सधै सताइरहने परियारले गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन् ।

निरन्तर दुःखसँग पौठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा

अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।

श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरी को पढाईमा समेत अवरोध हुन थालेप छि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दैछोराछोरीसँगै घर छोडिन् ।

श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्र धारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो ।

जिवित हुँदा श्रीमानको कहिल्यै साथ नपाएकी सबिताले मृत्युपछिको दैनिकी झन् पहाडले थिचेजस्तै भयो । अहिले बिहानैदेखि रातीसम्म सबिताले छोराछोरीका लागि गर्ने मेहनत देखेर छिमेकी समेत दंग पर्छन् ।

घरमा बस्दा उनले सिलाई कटाई र बाहिर जाँदा पलाष्टर देखि निर्माण सम्बन्धि काममा व्यस्त हुने सबितालाई कामले भने कहिल्यै पीडा महसुस भएनन्।

गाउँकै विपन्न परिवारकी सबिताले पर्वतबेनी र म्याग्दीको सदरमुकाम बेनीमा निर्माण क्षेत्र, व्यक्तिको घरमा काम गरेर छोराको उच्च शिक्षा

पूरा गरेको बताइन् घरमा नियमित कमाई छैन, ज्यालाम जदुरीबाटै छोराको उच्च शिक्षा पूरा गरे Source: ptimes24