
काठमाडौं । साउन १ गतेबाट सरकारी शिक्षक, कर्मचारीले बढेको तलब पाउँदैछन् । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने घोषणा गरेको थियो ।
सरकारको घोषणा अनुसार निजामति कर्मचारीको सबैभन्नदा अमुक पदवाल मुख्य सचिवको तलब १० हजार ७१ रुपैयाँ बढ्ने छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ ।
बढेकोसहित मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ पुग्छ भने खरिदारको तलब २८ हजार ६१० बाट ३२ हजार ९०१ रुपैयाँ । आउँदो साउन १ देखि नै बढेको तलब कर्मचारीको महिनावारी लेजरमा चढ्ने छ ।
तलवबाहेक मुख्य सचिवदेखि कार्यालय सहायहसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबमा जोड्ने गरिएको छ । साथै कर्मचारीले वर्षको एक पल्ट पोशाक भत्ता समेत पाउँछन् ।यस्तै,
सरकारी शिक्षक माध्यमिक तह (प्रथम श्रेणी)को तलब ५६ हजार ७ सय ८७ पुगेको छ । यसअघि ४९ हजार ३ सय ८० बुझ्दै आएका थिए । माध्यमिक तह कै (तृतीय श्रेणी)का शिक्षकले अब ४३ हजार ६ सय ९० रुपैयाँ तलब पाउने छन् ।
निमावि तहका शिक्षकको शुरु तलबमान ३४ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ भने प्रथम श्रेणीका शिक्षकले ४५ हजार ८ सय ६२ रुपैयाँ तलब पाउँछन् । त्यस्तै द्वितीय श्रेणीका शिक्षकको पारिश्रमिक ४३ हजार ६ सय ८९ तोकिएको छ । यो बाहेक ग्रेडअनुसार थप तलब पाउने व्यवस्था छ ।
सरकारी शिक्षक प्रावि तह अन्र्तगत शुरु तलबमान (तृतीय श्रेणी) ३२ हजार ९ सय २ रुपैयाँ छ भने द्वितीय श्रेणी ३४ हजार ७ सय ३० र प्रथम श्रेणीका शिक्षकको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ पुुगेको छ ।