राजेन्द्र लिङ्देनको दाबी : अबको निर्वाचनमा राप्रपाले अप्रत्यासित मतपरिणाम ल्याउँछ (भिडिओसहित)

काठमाडौं, २२ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा आफ्नो पार्टीले अप्रत्यासित मतपरि णाम ल्याउने दाबी गरेका छन् । उनले भने,‘मैले बोलेको यो कुरा तपाईँको रेकर्डमा रहोस, सम्झनामा रहोस कि आउने

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले अप्रत्या सित मतपरिणाम ल्याउँछ ।’ उनले राप्रपा १०/१५ सिटमा मात्रै अल्झिएर नबस्ने बताए । उनले आगामी निर्वाचनको लागि एमालेसँग सहकार्यको लागि छलफल भएपनि निश्क र्षमा नपुगेको स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिले सामान्य कुराकानी अगाडि बढेको छ । हामीले आउने चुनावमा केही सिटमा तालमेल गरेर जानु पर्छ भनेर भनेका छौं ।

त्यसले कुनै ठोस रुप लिएको अवस्था छैन् । मैले केपी ओलीसँग धेरै कुराकानी गरेको छु । केही सिटमा तालमेल गरेर जाने समझदारी भएको छ ।’

उनले आफूहरुले सिटको लागि संख्या दाबी गर्नेभन्दा पनि सिटमा एक अर्कालाई मद्दत गर्ने कुरामा निर्भर रहने बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराका नीमा उनले यस्तो बताएका हुन् ।

उनले एमालेसँग गठबन्धनभन्दापनि चुनावी तालमेल गरेर जानेबारे छलफल भैरहेको स्पष्ट पारे ।

हेर्नुस भिडियो सामाग्री