प्रहरीले गोपनीयता नराख्दा अनुसन्धान अगावै बदनामी भए एउटै हतियारले डामिएका दुई सेलिब्रिटी

काठमाडौं : अभिनेता पल शाहलाई बालयौन दुरुपयोग   मा दोषी ठहर्‍याएर अदालतले अढाई वर्षको जेल सजाय सुनाएकै दिन क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध उस्तै प्रकृतिको जाहेरी पर्‍यो । यी दुई प्रकरणले अहिले सामा जिक सञ्जाल हल्लाइरहेको छ ।

नवलपुर जिल्ला अदालतले जाहेरीकर्ताले दाबी गरेजस्तो उनीमाथि पल शाहले जबरजस्ती करणी नगरेको ठहर्‍या एको छ । यद्यपि, उमेर नपुगेकी किशोरीसँग यौनजन्य क्रियाकलाप गरेको भन्दै उनलाई जेल सजायका साथै १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको हो ।

बलात्कार र यौन दुरुपयोग धेरै फरक कुरा हुन् । बलात्कार भनेको अर्को व्यक्तिको सहमति बेगर जबरजस्ती राखिने यौन सम्पर्क हो । ‘दुरुपयोग’ ले चाहिँ ‘सेक्स’ बाहेकका अन्य यौनजन्य क्रियाकलापलाई संकेत गर्छ ।

यदि पल र जाहेरीकर्ताबीच शारीरिक सम्बन्ध भएको निष्कर्ष अदालतले निकालेको भए त्यो स्वतः कानूनी रुपमा बलात्कार मानिन्थ्यो, किनकि जाहेरीकर्ता उमेरले नाबालिग हुन् । १८ वर्षमुनिका किशोरी र बालिकासँग सहमतिमै राखेको सम्बन्धलाई पनि कानूनले बलात्कार मान्छ ।

प्रहरीले जनाएअनुसार सन्दीप लामिछानेको घटनामा पनि जाहेरीकर्ता नाबालिग हुन् । त्यसैले यदि उनले सन्दीपसँग आफ्नो शारीरिक सम्बन्ध रहेको मात्रै पुष्टि गरे पुग्छ । यदि, दुवैको सहमतिमा वा किशोरीकै आग्रहमा सम्बन्ध

भएको थियो भने पनि कानूनले सन्दीपलाई ‘बलात्कारी’ नै मान्छ । तर, यदि शारीरिक सम्बन्ध रहेको पुष्टि गर्न सकिन न् वा पछि बयान फेरिन् भने सन्दीप निर्दोष साबित हुन सक्छन् ।

जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रिया बाट गुज्रिनुपर्छ । त्यतिञ्जेलसम्म ‘आरोपी’ को छवि धुलिसात भइसकेको हुन्छ । यदि, अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दाग सहजै पुछिँदैन ।

उनको क्रिकेट करिअर पनि बिथोलिइसकेको हुन्छ । यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहसनहस बनाउन पर्याप्त छ । यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भरपाई सम्भव छैन ।

यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ ।बलात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिचकिचाउन् र उनीहरूको इज्जतमा दाग नलागोस् भनेर कानूनले यस्तो प्रबन्ध गरेको हो ।

तर, आरोपी पुरुषका हकमा भने निजको पहिचान खुलाउन नमिल्ने कुनै कानून छैन । अझ कोही सार्वजनिक रूपमा चर्चित व्यक्तिवि रुद्ध जाहेरी पर्‍यो भने त प्रहरी आफैँ उत्ताउलि एर मिडियावाजी गर्न तम्सिन्छ । फोटो र वास्त विक नाम नै सार्वजनिक गरिन्छ । यसलाई लिएर पनि प्रश्नहरू उठ्न थालेका छन् ।

यदि अभियोग प्रमाणित नहुँदासम्म आरोपीको पनि पहिचान गोप्य रहनुपर्ने कानूनी प्रावधान भइदिएको भए सायद धेरै निर्दोषहरू डामिनबाट जोगिन सक्थे । नि,र्दोष ठहरिएपछि शिर उँचा गरेर हिँड्न सक्थे । तर, पहिल्यै बदनामी खेपि सकेपछि अदालतले सफाइ दिए पनि त्यो प्रावि धिक मात्रै हुन्छ । अझ पब्लिक फिगरका हकमा त पैसा र पहुँचको बलमा फैसला प्रभा वित तुल्याएको बनिबनाउ आरोप लाग्छ ।

पल शाहको घटनामा सबैजसो कुराहरु बाहिर आइसकेका छन् । सन्दीपको हकमा चाहिँ धेरै कुरा आउन बाँकी छन् । अहिलेसम्म मिडियामा आएका घ,टना विवरण एकपक्षीय हुन् ।

यस विषयमा प्रहरी अनुसन्धानले नै सबै कुरा निर्क्याैल गर्नेछ । अहिल्यै उनलाई दो,षी वा निर्दोषिताको प्रमाणपत्र भिराउन हतार गरिनु हुँदैन । यदि अनुसन्धानबाट दो,षी ठहरिए भने कानून बमोजिम कारबाही भोग्नुपर्ने छँदै छ ।