देशमा पैसा नै छैन, कति विदेशबाट माग्ने, अब त कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नु पर्ने अवस्था आयो : प्रधानमन्त्री देउवा

काठमाडौं २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने अवस्था आएको बताएका छन् ।

बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले खेशको आम्दानी नभएको बताएका हुन् ।

ब्युरोकेसीको सहयोगबिना कुनै पनि देश अघि बनढ्ने दावी गरेका प्रधानमन्त्री देउवालले नता को सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी भएको बताए ।

‘तपाईहरु नै स्थायी सरकार हो । स्थायी सर कारले काम गर्दैन के गर्ने रु कसरी देश अघि बढ्न सक्छ ।

पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो, काम हुनुपर्छ नि , देशको आम्दा नी हुनुपर्छ नि ।;देउवाले भने ।

देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छल फल हुन जरुरी रहेको बताएका देउवाले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम

गर्ने हो भने विकास हुन समय नलाग्ने कर्मचा रीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विका स हुन समय नलाग्ने बताए ।