उदयपुरमा चिउरा, चामल चोरेर सस्तोमा बेच्दै हिड्ने ४ जना पक्राउ

उदयपुर । उदयपुरमा किराना पसलको गोदाम बाट बिभिन्न उपभोग्य बस्तु चोरी गरेको आरो पमा चार जना पक्रा,उ परेका छन् । जिल्लाको कटारी बजारमा रहेको गोदामबाट चोरी गरी

बाहीर ल्याएर सस्तो मूल्यमा बेच्दै गरेको अव स्थामा उनी हरु समातिएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालि का वडा नम्बर ४ स्थित सन्जु दासको किराना पसलबाट सामान चोरी भएको थियो ।

सोही पसलमा काम गर्ने खोटाङको हलेसी तुवाचुङ नग रपालिका वडा नम्बर १ स्थायी घर भएका २९ वर्षीय दुशन मगरसहित अन्य तीन जनाको संलग्नता देखिएको छ ।

चोरी भएको पसलका कामदार दुशनसँगै उद यपुर कटारी नगरपालिका वडा नम्बर ९ बस्ने २१ वर्षीय दैलेश कार्की, सिरहा सुखिपुर नगर पालिका ६ का २४ वर्षीय सुसान्त साह र

खोटाङ रावाबेसी गाँउपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय यादब खड्कालाई उदयपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरु जिल्लाको त्रियुगा नगरपालिका ७ मा रहेको मुर्कुची बजारबाट नियन्त्रणमा परेका थिए ।

सञ्चालक दासका अनुसार किराना पसलको गोदामबाट पटक पटक चामल, चिउरा, दाल, खानेतेल, साबुन बिभिन्न ब्राण्डका बिस्कुटल गायत अन्य किराना सामानहरु चोरी हुँदै आए को थियो ।

घटनापछि संकास्पद व्यक्तिहरुको खोजी गर्दै जानेक्रममा गोदामबाट चोरेर लगेको सामान अन्य स्थानमा स्टोर गरी प्र.२-०१-००१ च ०२९२ नम्बरको भ्यानबाट सस्तो मूल्य मा बिक्री गर्दै आएको अवस्थामा चारैजनालाई प,क्राउ गरिएको हो ।

मुर्कुची बजारबाट चोरी भएको सामान र भ्यानसहित भेटिएका उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ ।

प्रहरीका अनुसार समातिएका चारै जनाबिरुद्ध चोरी मुद्धामा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।