लगातार ७ दिन विद्यालय बन्द गर्ने सरकारको घोषणा (हेर्नुहोस सूचना)

बिद्यार्थीहरूमा भा`इरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन।

गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले बिद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरे पछि आजवाट कार्यान्वयनमा आएको हो ।

को- रोना सं’क्रमण पनि बढीरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गर्नु परेको विकको भनाई छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्यु’जहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।