
काठमाडौं – त्यो वेला माधवकुमार नेपालले संवादको लागि १० भाइ बनाउनुभएको थियो । उहाँहरूले व्यक्तिगत सेटलमेन्ट गर्नुभयो । मैले व्यक्तिगत व्यवस्थापन हेरिनँ । १४ जनाकै लागि अध्यादेश ल्याएर पार्टी विभाजन गर्नुपर्ने भयो । त्योभन्दा अर्को उपाय थिएन । त्योभन्दा त अहिले उत्साहित छौं नि १ म मन्त्री पनि भएँ ।
काम पनि गर्न पाएँ । पार्टीको सचिव छु । चुनाव लड्न मलाई आऊ भनिरहनुभएको छ । एमाले नै भएको भए कहाँ मलाई गुल्मीबाट टिकट दिन्थे र १ मेरो निर्वाचन क्षेत्र हुँदैन थियो । – अन्तरसंघर्ष चलिहरेका वेला तपाईंका अभि व्यक्तिहरू निकै क्रान्तिकारी आउने गरेका थिए । अहिले निकै सरल छ । त्यो वेला माधव नेपा लको निकट हुन चर्को रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गर्नुहुन्थ्यो ?
केपी कमरेडले पार्टी, सरकार सञ्चालन गर्दा उहाँको कार्यशैलीप्रति प्रश्न उठाइएको हो । त्यसपछि संसद विघटन गर्नेदेखि अध्यादेश ल्याउनेसम्मका काम भए । त्यो वेला राष्ट्रपतिले होस्टेमा हैँसे गर्न थाल्नुभएको थियो । त्यही भएर हो ।
अहिले हामी पनि जिम्मेवार वाम तालमेलको प्रसङ्ग ल्याइरहेका वेला एकीकृत समाजवा दीभित्र यस्तो बहस भइरहेको छ कि छैन ? अहिले त्यस्तो प्रकारको बहस भइरहेको छैन । किनभने गठबन्धनभित्र संवाद भइरहेको छ । सरकारमा विश्वासका हौं । एउटा निर्वाचनमा हामी सहभागी भइसकेका छौं । कुनै व्यक्तिले कुनै छलफल गरेको भए थाहा छैन । तर, औपचारिक रुपले एमालेका नेताहरुसँग संवाद भएको छैन ।
– गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित भएको कुरा आएको थियो । कञ्चनपुरमा पूर्वमन्त्रीहरु नै एमाले फर्किए । तपाईंहरूलाई त आफ्नै नेता(कार्यकर्ता जोगाउन नै ठूलो सकस भइरहेको छ नि हैन ?
गुल्मीमा एमाले पृष्ठभूमिभन्दा फरक वामदेव पृष्ठभूमिबाट आउनुभएको कमरेड केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँ एमालेमा फर्किनुभएको उहाँको व्यक्तिगत निर्णय हो । अर्को कुरा जो अध्यक्ष हुनुभएको थियो । उहाँ अध्यक्ष भए पनि एउटा पनि वडा कमिटी बनाउनुभएको थिएन ।अहिले एमालेसँग पार्टी एकता, कार्यगत एकता, मोर्चा वा गठबन्ध न भन्ने कुरा समाजवादीको लागि सम्भव नै छैन ।
करिब एक महिनादेखि म गाउँमा छु । मेरो स्पिडमा हिँड्न नसकेपछि हतारहतार एमालेमा गएको हो कि जस्तो पनि लाग्छ । हिजो जे कारणले हामीले एमालेमा विद्रोह गरेका थियौं, त्यो कुरामा सुधार नभई हामी एमालेमा जानु भनेको त शक्तिको राजनीति गर्ने कुरा हो । एउटा इन्चार्ज र एउटा अध्यक्ष गएको हुँदा कमिटी गएको भनिएको हो । तर, कार्यकर्ता गएका छैनन् ।
अर्को रमाइलो कुरा सुन्नुहुन्छ ?
– भन्नुस् न !
एमालेले हाम्रो पार्टीलाई पार्टी नै स्वीकार गरेको छैन । महाधिवेशनमा ठेगाना थाहा नभएको पार्टी आदि इत्यादि भनेको थियो । अवैधानिक पार्टी भनिरहेको छ । परमादेशी पार्टी भनिरहेको छ । गुल्मीको सम्भावित परिणामबाट हतोत्साही भएर दुई जना मान्छे जाँदा समाजवादीलाई पार्टी स्वीकार गरेर पार्टी एकता भन्न तयार हुनुभयो । यो पनि हतास मानसिकताको परिणाम हो ।
जिल्लाबाट कही पार्टी एकता घोषणा हुन्छ रु दुनियाँमा कही भएको छ रु यो केन्द्रीय रणनीति हो र पार्टी एकता गर्न चाहनुहुन्छ भने संवाद गर्नुहोस् न त । उपमहासचिव, सचिव हुनुहुन्छ ल संवाद गर्नुहोस् । म पनि सचिव छु ।
चुनाव अगाडि वा पछाडि संवाद गरौं भन्ने हिम्मत छ त रु त्यो चाहिँ छैन । अनि निर्वाचनमा कार्य कर्ता वा जनतालाई यसो भ्रमित गर्न उहाँहरूले पार्टी एकताको यो तहसम्मको नाटक मञ्चन नगरेको भए पनि हुने थियो ।
– तपाईंले चुनौती नै दिनुभयो । विष्ट र ज्ञवालीले संवाद सुरु गरेपछि तपाईंहरू संवाद गर्न तयार हुनुहुन्छ ?
अहिले त्यो जरुरी नै छैन । संवाद गर्ने म्यान्डेट मलाई पार्टीको केन्द्रीय कमिटीले दिएको पनि छैन । हाम्रो पार्टीले त्यस्तो निर्णय पनि गरेको छैन । त्यही कारणले अहिले हाम्रो संवाद गर्ने ठाउँ नै छैन । तर, संवाद गर्न सकिन्छ नि १ संवाद गर्दैमा बिग्रिने केही होइन । तर, अहिले त्यो बाटो मा हामी छैनौं ।व्यक्तिगत रुपमा मैले कुनै निर्णय लिँदै गरे को छैन, लिने सोचेको पनि छैन र लिँदा पनि लिन्न ।
– तपाईं र माधवकुमार नेपालको सम्बन्ध बिग्रेको हो ?
एकदमै नहुने कुरा मिडियामा गइरहेपछि तिमी बोलेकी छौं कि भन्दा अहिले बोलेको छैन भन्ने जस्ता कुरालाई ल्याएर स्टनबाजी भइरह्यो मेरो लागि । यो पनि दुःखद कुरा हो । अध्यक्षसँग किन सम्बन्ध बिग्रिनु रु हामीले एक वर्ष पहिले यति दुःख गरेर बनाएको पार्टी हो ।
हामीले विद्रोह सावित गर्ने वेलामा त्यस्तो त हुनै सक्दैन ।अहिले पनि हामी संवादमा छौं, छलफलमा छौं । के गर्ने, कसो गर्ने, प्रदेशमा को(कोलाई उठाउने, समानुपातिकमा कसलाई राख्ने, समानुपातिक मत कति पाउन सकिन्छ रु यी सबै काममा छलफल भइरहेको छ ।
– गुल्मीको एक कार्यक्रममा एमाले सम्झेर रोएको प्रसङ्ग, एमाले सचिव भट्टराईलाई जन्मदिनमा लेखेको विषय र माधव नेपालसँग सम्बन्ध बिग्रेको हल्ला यी कुराले तपाईं एमाले प्रवेश गर्न खोज्नु भएको चर्चा छ नि !
व्यक्तिगत रुपमा मैले कुनै केही निर्णय गर्ने कुरा छैन । भोलि जे हुन्छ पार्टीबाटै टीममा हुन्छ । माधव कमरेडलगा यत देशभरि जो हामी विद्रोहमा थियौं, उहाँहरूको भावना भन्दा बाहिर गएर व्यक्तिगत रुपमा कुनै निर्णय लिने न
सम्भावना छ न त लिने कुरा राम्रो हो ।भोलि पार्टी एकता भयो भने त्यो अर्कै कुरा हो । व्यक्तिगत रुपमा मैले कुनै निर्णय लिँदै गरेको छैन, लिने सोचेको पनि छैन र लिँदा पनि लिन्न ।