
काठमाडौं । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपा तिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।
उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए ।
यो पनि,,गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री
बुटवल — नेकपा समाजवादीकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेल नमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठा वान नेता कार्यक र्तालाई मार पर्ने बताएकी हुन् ।
स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्,
‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबील गायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र
पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’
उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक–फरक कुरा गरेर जनतालाई झुक्याएको आरोपसमते लगाइन् ।