
सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।भक्तपुरको सूर्यबिनायक नगरपा लिका वडा नम्बर ७ गुण्डुमा आयोजित
कार्यक्रममा बोल्दै थापाले एमालेलाई अब हुने चुनावमा एमालेलाई हराउने बताए।यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बडार्ने हो।
बडार्दा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो,’ उनले भने।उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए
।‘एमालेमा ।
फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घन श्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’
यो पनि,,गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री
बुटवल — नेकपा समाजवादीकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेल नमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठा वान नेता कार्यकर्ता लाई मार पर्ने बताएकी हुन् ।
स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्,
‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगा यतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र
पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’
उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक–फरक कुरा गरेर जनतालाई झुक्याएको आरोपसमते लगाइन् ।