बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

बेलायती महारानी एलिजावेभको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकारले उनको सम्मा नमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र

नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने नि र्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको यस्तो निर्णय गरेको हो ।’

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजा वेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ ।

यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवार प्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ सरकारद्वारा जारी विज्ञप्ति मा भनिएको छ ।

यो पनि,,दु:खद खबर-रहिनन् बेलायतकी महारानी एलि जावेथ बेलायतकी महारानी एलिजावेथको नि,धन भए को छ। बिबिसीका अनुसार महारानी एलिजावे थको ९६ वर्ष को उमेरमा बिहीबार निधन भएको हो। स्कटल्यान्डमा रहे को बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलि जवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलि जावेथको निधन भएको हो।

उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यस को १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानम न्त्री नियुक्त गरेकी थिइन्। उनले आफ्नो शासन कालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन्।

एलिजावेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए।

महारानीका रूपमा एलिजावेथले ती सबै चुनौ ती डटेर सामना गरिन्। उनले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राखिन्।

एलिजावेथ कुनै दिन बेलायतकी महारानी बन्लिन् भन्ने कसैले सोचेका थिएनन्। उनको जन्म सन् १९२६ अप्रिल २१ का दिन बर्कलेमा भएको थियो। उनी त्यति बेलाका राजा जर्ज पाँचौंका दोस्रो छोरा ‘ड्युक अफ यार्क’ अल्बर्टकी जेठी छोरी हुन्।

सन् १९३६ मा तत्कालीन बेलायती राजा जर्ज पाँचौंको निधनपछि उनको जेठो छोरा डेविडले एडवर्ड आठौंका रूपमा गद्दी सम्हालेका थिए। तर एडवर्डले दुईचोटि पार पाचुके गरिसकेकी अमेरिकी महिला वैलिस सिम्पसनसँग विवाह गरेपछि बेलायतमा उनको तीव्र विरोध भयो। यही विरोधका कारण एडवर्ड आठौंले गद्दी त्याग गरे।

त्यसपछि एलिजावेथका पिता ‘ड्युक अफ यार्क’ जर्ज छैठौंका रूपमा गद्दीमा बसे। तर उनलाई राजा बन्न कुनै रूचि थिएन।

पिताको गद्दी आरोहणपछि १० वर्षकी एलिजावेथ त्यसका उत्तराधिकारी भइन्। उनलाई त्यति बेलादेखि नै आफ्नो भावी जिम्मेवारीको अनुभूति हुन थालेको थियो। यो अनुभ वले उनलाई पछि राजकाज सम्हाल्न धेरै सहज भयो।

त्यो बेला हिटलरको शक्ति तीव्र गतिले बढ्दै थियो। युरोपमा बढ्दो तनाव र ध्रुवीकरणबीच राजा जर्ज छैठौंले आफ्नो परिवारसहित देशव्यापी भ्रमण गरे। एलिजावेथ पितासँगै भ्रमणमा गएकी थिइन्। उनको निम्ति त्यो यात्रा राजनीति बुझ्ने ठूलो अवसर साबित भयो