भ्रष्टहरुको पतन हुने दिन छिट्टै आउँदैछः हेमराज थापा

काठमाडौं निर्वाचन क्षेत्र-५ बाट प्रतिनि धि सभा,,,का सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हेमराज थापाले अब भ्रष्टहरुको पतन हुने दिन छिट्टै आउँदै गरेको बताएका छन् ।

आफु कुनै चर्चित राजनीतिज्ञ वा दलको नेता नभएको र आफ्नो चाहना कुनै मन्त्री वा प्रधानमन्त्री बन्ने नरहेको बरु सम्भव भए जति सबैलाई सहयोग गर्ने चाहना रहेको बताएका छन् ।

अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन् ।

वर्षैंदेखि जनतालाई रुवाएर सत्ता र शक्तिमा बसेका ताना शाहहरुको पतन हुने र उनीहरुले झुटो बोलेर निर्वाचनको ढोङ रचेर जनताबाथ लिएको शक्ति जनतामा नै फर्कने उनले दाबी गरेका छन् ।

हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृणा र दास र जनताको जीवनलाई नर्क बनाउने, जनता को भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग

गर्ने राक्षसी दिमाग भएका भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताएका छन् ।स्थानीयसँग अभियान्ता थापाले भने

‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ, अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौँ। बुढा बिरामी नेतालाई राष्ट्रको सम्पती दोहन’ गर्नबाट बञ्चित गराउनै पर्छ।’