
काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षमा उद्घाटन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार बबरमहलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति बैठकले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने निर्णय गरेको हो ।
ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ९८ प्रतिशत भौतिक काम सकिसकेको जनाइएको छ । ‘अब २ प्रतिशत काम भनेको उडान परीक्षण (क्यालिब्रेसन) लगायतका स–साना काममात्रै बाँकी रहेको बताइएको छ ।
यो परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो । पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएको हो ।
यो पनि,,मेयर हर्क साम्पाङले हेरे फिल्म..शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को धरानमा बिशेष प्रिमियर शो सम्पन्न भएको छ । बहादुर गोर्खालि हरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म हेर्न धरानमा लोकप्रिय मेयर हर्क साम्पाङ समेत हलमा आएका थिए ।
उनले आफुपनी लाहुरेको छोरा नाति भएको कारण यो फिल्म हेर्न हलसम्म आएको प्रतिक्रि या दिए । धरानमा भर्खरै संचालनमा आएको फ्रेन्ड्स सिनेमा हलमा गरिएको विशेष प्रिमियर शोमा धराने सिनेप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
७२ मिनेट लामो फिल्म हेरेपछि उपस्थित दर्श कले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुंग, गौमाया गुरुंग र स्टुअर्ट वाल्कर धरान आएका थिए ।
विशेष प्रिमियर शोमा फिल्मका निर्देशक प्रदिप शाही पनि उपस्थित थिए । उनले भोलिबाट प्रदर्शन हुने यो ‘गोर्खा : बिनिथ द ब्रेभरी’ फिल्म सबैले हेर्न आग्रह गरे ।
यो फिल्ममा थापाले जर्मनसँगको युद्धमा बहा दुरीका साथ घाईते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्ब रमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए ।
उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअले क्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए ।
तर, उनी बाँच्न सफल भए ।घाइते भएको भोली पल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितह रुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यसै सत्य घटनाको पेरिफेरीमा फिल्म घुमेको छ ।
यो फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अ वार्ड जितिसकेका छन् ।
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फि ल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।
नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो ।