अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

काठमाडौं ।     राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो ।

तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अदाल तको प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभ एको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृ तले बताए ।

‘आज पक्राउ अनुमती लिन भ्याइनएन’ जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्–‘अदालती प्रक्रियाका कारण आज ढिला भयो ।’आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिग लाई काठ माडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलात्कार गरेको जाहेरी दर्ता भएको छ ।

यो पनि,,म निर्दोष छु, मलाई फसाउन खोजियो: सन्दीप लामिछाने काठमाडौं । जबर्जस्ती करणीको आरोप लागे का नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामि छानेले यो केसमा आफू लाई फसाउन खोजिएको बताए का छन् ।

उनले आफू निर्दोष भएको बताउँदै आफूलाई फसाउन खोजिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई सन्दीपले आफू निर्दोष

भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् । मल्लले भनेका छन्, ‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर ।

सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्न ता नभएको र निर्दोष भएको बताए,’

‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीविरुद्ध भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भने ।’ मल्लले भने ।

मल्लले सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपी  एल खेलेर फर्किने बताएको जानकारी दिए । ‘मैले तिमी फर्किनुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने,’ मल्लले भने ।

मल्लले यस विषयमा आईसीसी र एसियन क्रिके ट काउ न्सिलले पनि चासो देखाएको र उनीहरु लाई आफूले जवाफ दिएर पठाएको बताए ।

‘आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । बाँकी कुरा अदालतले हेर्ने होला,’ मल्लले भने ।