खेलाडीमाथि ब,लात्कारको आ,रोप : रोनाल्डोदेखि नेयमारसम्म

यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परे,,को छ । कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन । विश्व खेलकु दमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन् । फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन् ।

विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यस बाट अछुतो रहन सकेका छैनन् । पोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागे,,को थियो । युनाइटेड का स्टार खेलाडी रोनाल्डोलाई मोडल क्याथरीन मेयोगोले बलात्कारको आरोप लगाएकी थिइन् ।

मेयोगोले सन् २०१८ मा ‘मी टू’ आन्दोलनको क्रममा उनलाई रोनाल्डोले बलात्कार गरेको दाबी गरेकी थिइन् । उनले रोनाल्डोलाई नाइट क्लबमा भेटेको भोलिपल्ट १३ जुन २००९ मा लास भेगासमा बलात्कारको रिपोर्ट गरेकी थिइन् । अहिले रोनाल्डो उक्त केसबाट सफाइ पाइसके का छन् । नेयमार

ब्राजिलका फुटबल खेलाडी नेयमार जुनियरलाई पेरिसको एक होटलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जुन २०१९ मा मुद्दा लगाइएको थियो । यो कुरा धेरै सातासम्म ब्राजिल र अन्तर्राष्ट्रिय चर्चामा आयो ।

इन्स्टाग्राममा पोस्ट गरिएको सात मिनेटको भिडियोमा पेरिस सेन्ट–जर्मेनका खेलाडीले आफूमाथि बलात्कारको आरोप लागाइएको थियो । नेयमारले भने आफू र महि लाबीच ह्वाट्सएपमा मेसेज र तस्बिर आदानप्रदान मात्र भएको दाबी गरेका थिए । सो पाउलोको महान्यायाधिव क्ताको कार्यालयका अनुसार प्रमाणको अभावमा मुद्दालाई रोकिएको थियो ।

डेभिड डि गेया

विभिन्न रिपोर्टहरूका अनुसार सन् २०१६ मा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गियालाई यौन दुर्व्यव हारको मुद्दा परेको थियो । सन् २०१२ मा म्याड्रिडको एक होटलमा दुई स्पेनी यू–२० खेलाडी र अर्को दुई महिलासँग भेट गराइ दिने कुरा भएको भन्दै एक साक्षीले आरोप लगा एका थिए । डे गियाले भने उक्त आरोपलाई अस्वीकार गरेका थिए ।

करिम बेन्जेमा

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा एक जना फ्रान्सेली फुटबलरलाई ब्ल्याकमेल गर्न सेक्स टेप प्रयोग गर्ने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए । विवादले फ्रान्सेली फुटबलमा धरै आलोचना भएको थियो । त्यसै समय बेन्जिमा टिमबाट निकालिएका थिए । अर्को तर्फ, बेन्जेमाले लगातार आरोपहरूको खण्डन गर्दै आएका छन् ।

सन् २०१५ मा फ्रान्सको बन्द प्रशिक्षणमा रहेको समय उनीविरुद्ध यस्तो आरोप लागेको थियो । जसमा म्याथ्यु वाल्बुएनाले पनि मिसिएका थिए । त्यसपछि दुबै खेलाडी टिम बाहिर गएका थिए । बेन्जिमा गत सिजनदेखि मात्र राष्ट्रिय टोलीमा फर्केका थिए ।

टायसनले १९९१ मा आफ्नो करियरको राम्रो समयमा बलात्कारको आरोपको सामना गरे । टायसनलाई तत्का लीन १८ वर्षीया मिस ब्ल्याक रोड आइल्याण्ड डेसिरी वाशिंगटनलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

त्यसपछि उनलाई छ वर्षको जेल र चार वर्षको प्रोबेशनको सजाय सुनाइयो । उनी तीन वर्ष जेलमा बसे र सन् १९९५ मा रिहा भए ।

उनले आफ्नो बक्सिङ करियर पुनः सुरु गरे । उनी दी ह्याङ्ग ओभर जस्ता चलचित्रहरूमा देखा परे ।

‘फास्ट’ एडी जोनसन

एनबीएका पूर्व ‘फास्ट एडी’ जोनसनले लीगमा १० सिजन खेले । सन् २००६ मा उनीमाथि चोरी, यौन दुर्व्यवहार , बलात्कार र आठ वर्षीया बालिकाको दुर्व्यवहार आरोप लगाइएको थियो ।