राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकाे भन्दै नेविसङ्घद्वारा प्रदर्शन भयो हानाहान (हेर्नुस भिडियो)

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कां ग्रेसनिकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।

नेविसङ्घले बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो ।

राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसङ्घ कार्यकर्ताले पनि ढुङ्गा प्रहार गरेका थिए ।

नेविसङ्घले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घण्टाघर आस पासको क्षेत्रमा केहीबेर गाडीको आवागमन रोकिएको थियो ।

यो पनि,,चुरीफुरी धेरै टिक्दैन, मंसिर ४ गते एमालेलाई कुचो लगाएर बडार्ने हो: गगन थापा

सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।भक्तपुरको सूर्यबिनायक नगरपा लिका वडा नम्बर ७ गुण्डुमा आयोजित

कार्यक्रममा बोल्दै थापाले एमालेलाई अब हुने चुनावमा एमालेलाई हराउने बताए।यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बडार्ने हो।

बडार्दा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो,’ उनले भने।उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***
।‘एमालेमा ।

फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘ए माले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’

यो पनि,,गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री

बुटवल — नेकपा समाजवादीकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेल नमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठा वान नेता कार्यकर्तालाई मार पर्ने बताएकी हुन् ।

स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्,

‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगा यतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र

पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक–फरक कुरा गरेर जनतालाई झुक्याएको आरोपसमते लगाइन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***