गायिका मेलिनाले आफूभन्दा १८ बर्ष जेठो प्रेमीसँग इन्गेजमेन्ट गरिन्

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरु ले आफूहरुबीच इन्गेजमेन्ट भए  को जानकारी गराएका छन् ।

दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् ।

जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित

गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।

पछिल्लो समय मेलिनको चर्चा उच्च छ । भने कमल लामो समयदेखि चर्चामा नै छन् । यता सोसल मिडियामा भने उनीहरूको उमेर ग्यापको चर्चा चलेको छ ।