
देशमा ‘स्वतन्त्र’ भन्दै हल्लाबाजीमा रमाउनेबाट आफ्नो प्रचारका लागि एउटालाई भेट्ने र अर्को लाई रेट्ने काम भयो, सोमबार बिहान साढे १० बजेतिर दरबारमार्ग प्रहरी बृत्तमा ।पर्यटन मन्त्री जीवनराम श्रेष्ठ छायाँ सेन्टरस्थित क्यानेडियन भीसा सेन्टरमा पुग्दा दुव्र्यवहार गरेको आरो पमा प,क्राउ परेका गरुड सेक्युरिटीवाला शेरजंग गुरुङलाई भेट्न जाँदा रवि लामिछानेले त्यस्तो हर्कत गरेका हुन् ।
सञ्चार प्रस्तोताको पेशा छोडेर स्वतन्त्र पार्टी खोलेका उनी अन्य राजनीतिक दलहरुप्रति घृणा जगाउने र आफ्नो पक्षमा प्रचार बटुल्ने अभियानमा छन् । त्यही नियतका साथ अस्ति सोमबार शेरजंगलाई भेट्न पुग्दा खिचिएको फोटोका कारण त्यहाँका इन्स्पेक्टर विकास तामाङ कारवाहीमा परेका छन् । सामान्यतया प्रहरी कार्यालयमा कुनै घटनामाथि अनुसन्धान भइरहेको व्यक्ति र उनलाई थुन्ने सुरक्षाकर्मीको तस्बिर सार्वजनिक गर्न पाइँदैन ।
अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि पनि गर्न पाइँदैन । तर, रविले यी दुबै कुरा उल्लंघन गरिदिँदा ती इस्पेक्टर अप्ठेरोमा परेका हुन् । रवि दरबारमार्ग प्रहरी बृत्तमा पुग्दा अघि ल्लो दिन विदेश तालिमबाट फर्केकी त्यहाँकी डिएसपी कोपिला चुडाल उपत्यका प्रहरी रानी पोखरीको ब्रिफिङमा थिइन् ।
पत्रकार छायाँचन्द्र भण्डारीसँग समाचारको विषयमा धम्की आदानप्रदान भएपछि लेख्ने पत्रकार भूमिगत र डिएसपी कोपिला न्यायको निम्ति कानुनी लडाइँमा छिन् । उनी कार्यालयमा नभएको बेला रवि पुग्दा पक्राउ परेका शेर जंगसँग बयान लिने क्रम चलिरहेको थियो ।
सामान्यतया अनुसन्धानरत व्यक्तिलाई प्रहरीले निश्चित समय तोकेर आफन्त र कानुनी सहयोगीसँग मात्रै भेट्न दिने गर्दछ । नाम र अनुहार चलेको एउटा मान्छे देखेपछि इन्स्पेक्टर विकासले आनाकानी गर्न सकेनन् र हाइफा।इरहित जनजातिको छोराले विश्वासमा परेर भेट्न दिए ।
भेटेको मात्रै भए कुरै सकिन्थ्यो, सेल्फीसम्म खिच्न र त्यसलाई सामाजिक सञ्जालमा पुर्याउन भ्याएपछि भेट्न अनुमति दिने पालुङ चौकीबाट आएका २०७२ का इन्स्पेक्टरलाई गैरव्यवसायिक आचरणको आरोपमा उपत्यका कार्यालयले कारवाही गरेको छ ।
जबकि, छायाँ सेन्टरमा भएको घटना भएभन्दा अतिरञ्जित तवरले प्रचारमा ल्याइँदा देशका एकजना मन्त्री विवादमा मुछिएको भन्दै प्रहरीले छिटोभन्दा छिटो यो घटनालाई किनारा लगाउने काम गरिरहेको थियो ।
उनलाई लामो समय हिरासतमा नराख्न र सामान्य अनुसन्धान गरेर रिहा गर्न गृह र पर्यटन मन्त्रालयले प्रहरीलाई पत्र लेखिसकेका थिए । यसैबीच, इन्स्पेक्टरको सदाशयतालाई रविले दुरुपयोग गरेपछि उनले आफ्नो प्रचार त गर्न भ्याए, तर इन्स्पेक्टर आफैँ अप्ठेरोमा परेका छन् ।
रविले ‘मिडिया ट्रायल’ गर्ने मनशाय राखेको प्रहरीका हाकिमहरु बताउँछन् । राज्यका स्थायी संयन्त्रलाई पंगु बनाउने र आफू हावी हुने नियतका साथ अहिले पनि सक्रिय भएका उनले सञ्चारकर्मको जिम्मेवारी भने छाडिसके । ती निरीह इन्स्पेक्टरकी बृद्ध आमा रविलाई भन्छिन्, ‘तिमी हिरो बन्ने नाममा मेरो छोरोलाई आज जसरी सतायौ नि, मेरो आँशुको श्राप लाग्नेछ तिमीलाई ।’
उता, ‘ठगबहादुर’ नाम भएका डिएसपीले नामअनुसारकै काम गरे । तर, मन्त्रीकै भाइको निर्देशनमा कारवाही गरिनबाट जोगिएका छन् । इप्रका बुटवलमा कार्यरत डिएसपी ठगबहादुर केसी जिल्लाका एसपी रवीन्द्र रेग्मी कानको उपचार गर्न बिदामा बसेका बेला निमित्त कार्यालय प्रमुख थिए ।
त्यही बेला त्यहाँका वरिष्ठ सई विजय शाहीसँग मिलेर ‘नामअनुसारको काम’ गर्न भ्याए । सिद्धार्थनगर– १२, आवारोडस्थित एक कुरियरले लाखौंको अवैध कपडा पार्सल गरी ढुवानी गरेको नाममा ठगीको केस परेको हो । त्यहाँबाट तीन लाख रुपैयाँ बुझेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ । आन्तरिक अनुसन्धानका क्रममा कुरियर ठगीमा परेको प्रमाणित भइसक्यो ।
तर, तिलोत्तमा नगरपालिकाको मेयर रहेका गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्णले ठगबहादुरलाई बचाउँदै आएका छन् । अहिले पनि वामपन्थीलाई ठे गान लाउनुपर्छ, चुनावसम्म केही नगर्नू भन्ने दबाब छ । प्रमाणित भएको एउटा घटनामा कारवाहीमुक्त भएपछि मान्छे कति मैमत्त हुन्छ भने, २ महिनाअगाडि दिनदहाडै उनले वडाध्यक्षलाई स्वीमिङ पुलमा चोपलिदिए ।
जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचको विवादका क्रममा उनले तिलोत्तमा– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्वीमिङ पुलमा चोपलेका हुन् । तर, यो घटनामा पनि उन्मुक्ति पाए ।
अर्कातिर, आएपिच्छेका आइजिपीलाई निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना टुंगो मा पु¥याउँछु भन्दै जिल्ला चलाउने होडबाजी छ । कञ्चनपुरमा भएको निर्मला हत्याकाण्ड अझै निश्कर्षमा पुगेको छैन ।
तर, त्यही नाममा एसपी मुकुन्द मरासिनी त्यहाँ पुगेका छन् । यसअघि कुवेर कडायत र दिनेश आचार्य त्यसै भनेर गए । पुगेपछि पार्टीको झगडामा किंकर्तव्यविमूढ हुन पुगे ।
कांग्रेसले दोषी उनै दिलिपसिंह विष्ट भन्ने गरेको छ, अरु हैन भन्छन् । कांग्रेस सकभर यो मुद्दा नटुंगिए हुन्थ्यो, नत्र हाम्रो राजनीति बिग्रन्छ भन्नेमा छ । यही विवादका कारण हाल एस एसपी भएका डिल्लीराज बिष्ट नोकरीबाटै हटाइए । पछि पुनर्वहाली भए ।