चर्चित नेपाली र्‍यापर जिबब माथि एक कार्यक्रममा प्रस्तुति दिने क्रममा ढुङ्गा प्रहार

चर्चित नेपाली र्‍यापर जिबब उर्फ ​​सुदीप भण्डारीमाथि हिजो धरानमा एक कार्यक्रममा प्रस्तुति दिने क्रममा ढुङ्गा प्रहार भएको छ । आशा गरौं कि व्यवस्थापन टोली,,ले संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाही गर्नेछ र आशा गरौं कि यस्ता घटनाहरू फेरि नदोहोरियोस्।

यो पनि पढौ:
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी

जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गएकाले जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।

उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउने काम अब रोक्नुपर्छ । जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदै छ, त्यसको ख्याल ग  रेर मात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।”

उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे ।

“म विकासको विरोधी होइन । तर, विकास गर्ने नाममा विनास ननिम्तियोस्,” उनले भने, “हामीले गरेका विका सले दीर्घकालीन रूपमा सेवा देओस् । तर, हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।”

जलवायु परिवर्तनका कारण विश्वभरिमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायु परिवर्तनका क्षेत्रमा सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

विशेषगरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडा काँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था

आवश्यक रहेको र उक्त कार्य रोक्नुपर्नेमा मन्त्री यादवको जोड थियो । सडकलगायत विकास गर्दा विज्ञसँगको राय–सुझाव तथा सल्लाहअनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो । रासस