मलिकाको नयाँ भिडियो सार्वजनिक , फ्यानले मिस गरे पल शाहलाई (भिडियो )

एकदेव लिम्बूको आवाजमा रहेको चर्चित गीत ‘गाजल टिकी’ को रिप्लाई भर्सन सार्वजनिक भएको छ। बर्ष दिन अगाडी सार्वजनिक भएको गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ। उक्त गीतमा पल शाह र मलिका महत फिचर रहेका थिए।

सोहि सुपरहिट गीतको रिप्लाई भर्सन सार्वज निक भएको छ। गीतमा अप्सरा घिमिरेको स्वर रहेको छ। राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा मलिका महत र आ शिष सचिन फिचर रहेका छन्। हरि हुमागाईले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

फेसबुकमा प्रेम प्रस्ताव राखेका युवाले ब्लक गरेपछि १३ बर्षिया किशोरीले गरिन् आ-त्महत्या…धनगढीको मोहना नदीमा एक जना किशोरीको श-व फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा श-व फेला परेको हो।

उक्त शव धनगढी १३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए। ‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा थियो,’ जोशीले भने,‘त्यसैका आधारमा उनको पहिचान खुलेको हो।’

शर्मा भदौ २० गतेदेखि हराइरहेकी थिइन्। ८ कक्षामा पढ्ने शर्माको परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले २० गते नै नदीमा हाम फालेको देखिएको छ।

‘प्रारम्भिक अनुसन्धानमा उनले प्रेम प्रस्ताव राखेका किशोरले फेसबुकमा ब्लक गरेपछि पीडा सहन नसकी आ-त्महत्या गरेको देखिएको छ,’

डिएसपी जोशीले भने,‘हामी थप अनुसन्धान गर्दैछौं।’ उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।