
पोखरा महानगरपालिका–७ पर्यटक बसपा र्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार राति प्रहरीले
पक्राउ गरेको छ ।उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले
उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुस न्धान गरिरहेको छ ।
यो पनि,,शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधनकाठमाडौं : ज्योतिर्मथ, बद्रीनाथ र शारदा पीठ, द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा आइतबार निधन भएको छ । मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वरस्थित परमहंसी गंगा आश्रममा
हृदयाघातका कारण दिउँसो ३ः५० बजे उनको निधन भएको हो । स्वरूपानन्द सरस्वतीलाई विश्वभरका हिन्दू हरूको सबैभन्दा ठूलो धर्म गुरु मानिन्थ्यो । लामो सम यदेखि बिरामी शंकराचार्य बैंगलोरमा उपचार गरेर भर्खरै आश्रम फर्किएका थिए ।
शंकराचार्यका शिष्य ब्रह्म विद्यानन्दका अनुसार स्वामी स्वरूपानन्द सरस्वतीलाई सोमबार साँझ ५ बजेतिर परम हंसी गंगा आश्रममा समाधि दिइनेछ । भारतीय स्वतन्त्रता संग्राममा सहभागी भए वापत स्वामी शंकराचार्य जेल पनि गएका थिए ।
९ वर्षको उमेरमा घर छोडेका स्वामी स्वरूपानन्द सरस्व तीको जन्म मध्य–प्रदेशको सिवनी जिल्ला को दिघोरी गाउँमा ब्राह्मण परिवारमा भएको थियो । बाल्यकालमा उनको नाम पोथीराम उपाध्याय थियो ।
९ वर्षको उमेरमा उनले घर छोडेर धर्मको यात्रा सुरु गरेका थिए । यसै क्रममा उनी काशी पुगे र त्यहाँ उनले ब्रह्मलिन श्री स्वामी कर्पात्री महाराज बाट वेद–वेदांग, शास्त्रको शिक्षा लिए ।
१९ वर्षको उमेरमा भारतीय स्वतन्त्रता संग्राममा सहभागी सन् १९४२ मा ‘भारत छोडो’ आन्दो लन घोषणा भएपछि स्वामी स्वरूपानन्द पनि आन्दोलनमा सामेल भएका थिए । १९ वर्षको उमेरमा उनी क्रान्तिकारी भिक्षुका रूपमा प्रसि द्ध भए । उनी वाराणसीमा ९ महिना र मध्य प्रदेशको जेलमा ६ महिना जेलमा पनि परे ।
सन् १९८१ मा शंकराचार्यको उपाधि हासिल सन् १९५० मा स्वामी स्वरूपानन्दलाई दण्डी सन्यासी बनाइयो । ज्यो तिरमठ पीठका ब्रह्मलिन शंकराचार्यले स्वामी ब्रह्मानन्द सरस्वतीबाट दण्ड सन्यासको दीक्षा लिए र त्यसपछि उनी स्वामी
स्वरूपानन्द सरस्वती भनेर चिनिन थाले । उन,,,ले सन् १९८१ मा शंकराचार्यको उपाधि प्राप्त गरे का थिए । उनले अयोध्यामा राम मन्दिर बनाउ नुपर्ने पक्षमा पनि लामो कानु नी लडाइ लडे ।
रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टमा वासुदेवानन्द सरस्वतीलाई स्थान दिएकोमा ज्योतिर्मथ पिठका शंकराचार्य स्वरूपानन्द सरस्वतीले आपत्ति जनाएका थिए । सर्वोच्च अदालतले आफ्ना चारवटा फैसलामा वासुदेवानन्द सरस्वतीलाई शंकराचार्य र सन्यासी दुवै नमानेकाले ज्योतिर्मथ पिठको शंकराचार्यका हिसाबले त्यसमा आफू हुनुपर्ने उनको भनाई थियो ।
शंकराचार्य स्वरूपानन्द सरस्वतीको निधनमा मध्य प्रदेश का मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै भनेका छन् –‘शारदा पीठका शंकराचार्य स्वामी स्वरूपानन्द सर स्वती सनातन धर्मका श्लोक पुरुष र सन्यास परम्पराका सूर्य थिए ।’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि स्वामी स्वरूपानन्द सरस्वतीको निधनले सन्त समाजमा अपूरणी य क्षति भएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै भारतीय राष्ट्रिय कंग्रेसकी नेतृ प्रियंका गान्धीले शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको निधनमा दुःख व्यक्त गर्दै ‘स्वामीले आफ्नो सम्पूर्ण जीवन धर्म, अध्यात्म र परोपकारका लागि समर्पित गरेको’ स्मरण गरेकी छन् ।