
गायिका समिक्षा अधिकारीले विगतमा आफ्नो जिवनमा घटेको दुखद् घटनामा कहीँ कतैबाट क्षतिपूर्ति माग नगरेको दावी गरेकी छिन् ।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयो गको मुद्दामा पल शाहलाई साढे २ वर्षको कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको केही दिनपछि गायिकाको स्पटोक्ति सार्वज निक भएको हो ।
सामाजिक सञ्जालमा आफ्नो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव परेको अधिकारीले बताएकी छिन् ।
उनले अदालतले निर्धारण गरेको क्षतिपूर्ति बापतको उक्त रकम लिने मनसाय पनि नभएको बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो
ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’
साथै उक्त घटना आफ्नो र नेपालको कलाका रिता क्षेत्रको लागि निकै दुखद् घटना भएको पनि अधिकारीले बताएकी छिन् । पुग्ने आशा लिएकी छु ।