जमैकाबाट हिडेको दुई दुईनसम्म पनि काठमाडौं आइपुगेनन् सन्दीप, आखिर कहाँ गए ऊनी ?(भिडियो हेर्नुस)

काठमाडौं : बलात्कार आरोप लागेपछि निलम्बन मा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने जमैकाबाट हिडेको दुईदिन सम्म पनि काठमाडौं आइपुगे का छैनन् ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् । लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।

लामिछानेले नेपालको कानुन मान्ने भन्दै आरोप को सामना गर्न तयार रहेको बताएका थिए । तर, जमैकाबाट हिंडेको दुई दिनसम्म नेपाल नआउनुले उनी कहाँ गए भन्ने जनचासो बढेको छ ।

लामिछानेले नेपाल आउन कुनै पनि विमान कम्पनीको टिकट नलिएको विमानस्थल अध्या गमन सुरक्षा कार्या लयले जनाएको छ । उनलाई अध्यागमनले कालो सूचीमा राखेको छ ।

नेपाल आएलगत्तै फक्राउ गर्न उनलाई कालो सूचीमा राखि एको अध्यागमन सुरक्षा अधिका रीहरु बताउँछन् । ती अ धिकारीका अनुसार सुरक्षा निकायलाई अलर्ट राखिएको छ ।

प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिन अघि नै जमैका छाडेको जानकारी पाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामि छाने दुई दिनअघि नेपालका लागि हिंडेको जान एको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन ।

लामिछानेमाथि १७ वर्षीया किशोरीलाई जर्बस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत मंगलबार पाीडितका तर्फबाट गौशाला प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाण्डुले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ ।

प्रमाणका रुपमा प्रहरीले उनी किशोरीसहित बसेको नगरकोट र काठमाडौंको होटलका सिसिटिभी दृष्य संकलन गरिसकेको छ । लामि छानेलाई क्यानले बि  हीबार निलम्बन गरेको थियो ।