जापानका लागि उडेको निगमको जहाज आधा घण्टामै काठमाण्डौ फर्किय पछि….(कारण यस्तो छ)

काठमाण्डाै – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमा ण्डौ फर्किएको छ ।१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहा ज आधा घण्टामै काठमाण्डौ फर्केको र प्राविधिक जाँचप छि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

यो पनि,,शंकराचार्य स्वामी स्वरूपानन्द सरस्व तीको ९९ वर्षको उमेरमा निधन काठमाडौं : ज्योतिर्मथ, बद्रीनाथ र शारदा पीठ, द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा आइतबार निधन भएको छ । मध्यप्रदे शको नरसिंहपुर जिल्लाको झोटेश्वर स्थित परम हंसी गंगा आश्रममा

हृदयाघातका कारण दिउँसो ३ः५० बजे उनको निधन भएको हो । स्वरूपानन्द सरस्वतीलाई विश्वभरका हिन्दू हरूको सबैभन्दा ठूलो धर्म गुरु मानिन्थ्यो । लामो समय देखि बिरामी शंकराचार्य बैंगलोरमा उपचार गरेर भर्खरै आश्रम फर्किएका थिए ।

शंकराचार्यका शिष्य ब्रह्म विद्यानन्दका अनुसार स्वामी स्वरूपानन्द सरस्वतीलाई सोमबार साँझ ५ बजेतिर परम हंसी गंगा आश्रममा समाधि दिइनेछ । भारतीय स्वतन्त्रता संग्राममा सहभागी भए वापत स्वामी शंकराचार्य जेल पनि गएका थिए ।

९ वर्षको उमेरमा घर छोडेका स्वामी स्वरूपानन्द सरस्व तीको जन्म मध्य–प्रदेशको सिवनी जिल्ला को दिघोरी गाउँमा ब्राह्मण परिवारमा भएको थियो । बाल्यकालमा उनको नाम पोथीराम उपाध्याय थियो ।

९ वर्षको उमेरमा उनले घर छोडेर धर्मको यात्रा सुरु गरेका थिए । यसै क्रममा उनी काशी पुगे र त्यहाँ उनले ब्रह्मलिन श्री स्वामी कर्पात्री महाराज बाट वेद–वेदांग, शास्त्रको शिक्षा लिए ।

१९ वर्षको उमेरमा भारतीय स्वतन्त्रता संग्राममा सहभागी सन् १९४२ मा ‘भारत छोडो’ आन्दो लन घोषणा भएपछि स्वामी स्वरूपानन्द पनि आन्दोलनमा सामेल भएका थिए । १९ वर्षको उमेरमा उनी क्रान्तिकारी भिक्षुका रूपमा प्रसि द्ध भए । उनी वाराणसीमा ९ महिना र मध्य प्रदेशको जेल मा ६ महिना जेलमा पनि परे ।

सन् १९८१ मा शंकराचार्यको उपाधि हासिल सन् १९५० मा स्वामी स्वरूपानन्दलाई दण्डी सन्यासी बनाइयो । ज्यो तिरमठ पीठका ब्रह्मलिन शंकराचार्यले स्वामी ब्रह्मानन्द सरस्वतीबाट दण्ड सन्यासको दीक्षा लिए र त्यसपछि उनी स्वामी

स्वरूपानन्द सरस्वती भनेर चिनिन थाले । उनले सन् १९८१ मा शंकराचार्यको उपाधि प्राप्त गरे का थिए । उनले अयोध्यामा राम मन्दिर बनाउ नुपर्ने पक्षमा पनि लामो कानुनी लडाइ लडे ।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टमा वासुदेवानन्द सरस्वतीलाई स्थान दिएकोमा ज्योतिर्मथ पिठका शंकराचार्य स्वरूपानन्द सरस्वतीले आपत्ति जनाएका थिए । सर्वोच्च अदालतले आफ्ना चारवटा फैसलामा वासुदेवानन्द सरस्वतीलाई शंक राचार्य र सन्यासी दुवै नमानेकाले ज्योतिर्मथ पिठको शंक राचार्यका हिसाबले त्यसमा आफू हुनुपर्ने उनको भनाई थियो ।

शंकराचार्य स्वरूपानन्द सरस्वतीको निधनमा मध्य प्रदेश का मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै भनेका छन् –‘शारदा पीठका शंकराचार्य स्वामी स्वरूपानन्द सर स्वती सनातन धर्मका श्लोक पुरुष र सन्यास परम्पराका सूर्य थिए ।’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि स्वामी स्वरूपानन्द सरस्वतीको निधनले सन्त समाजमा अपूर णीय क्षति भएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै भारतीय राष्ट्रिय कंग्रेसकी नेतृ प्रियंका गान्धीले शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको निधनमा दुःख व्यक्त गर्दै ‘स्वामीले आफ्नो सम्पूर्ण जीवन धर्म, अध्यात्म र परोपकारका लागि समर्पित गरेको’ स्मरण गरेकी छन् ।